skip this farak Kura Pravakar

सिमरामा उद्योगी–व्यवसायीबीच समसामयिक आर्थिक विषयमा छलफल

378 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-बाराको सिमरामा उद्योगी तथा व्यवसायीहरूबीच समसामयिक आर्थिक विषयमा केन्द्रित छलफल कार्यक्रम सम्पन्न भएको छ।

जीतपुरसिमरा उद्योग वाणिज्य संघको आयोजनामा सिमरास्थित होटल क्लासिक प्लाजामा आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालसहित महासंघका पदाधिकारीहरू, कोशी प्रदेश र मधेश प्रदेशका विभिन्न उद्योग वाणिज्य संघका अध्यक्ष तथा प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रममा जीतपुर नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछाने, निजगढ नगर उद्योग वाणिज्य संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठ लगायत सहभागि थिए ।

कार्यक्रममा वर्तमान आर्थिक अवस्था, उद्योग–व्यवसाय क्षेत्रमा देखिएका समस्या, निजी क्षेत्रको भूमिका तथा आर्थिक गतिविधि चलायमान बनाउने उपायबारे विस्तृत छलफल गरिएको आयोजकले जनाएको छ। सहभागी उद्योगी तथा व्यवसायीहरूले मुलुकको आर्थिक अवस्था सुधार गर्न निजी क्षेत्र र सरकारबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।

छलफलका क्रममा उद्योगी तथा व्यवसायीहरूले उद्योग सञ्चालनमा देखिएका चुनौती, लगानीमैत्री वातावरणको आवश्यकता तथा आर्थिक गतिविधि विस्तारका विषयमा आ–आफ्ना धारणा राखेका थिए। कार्यक्रममा महासंघका अध्यक्ष ढकालले निजी क्षेत्रको मनोबल उच्च बनाउँदै आर्थिक गतिविधि बढाउन सबै पक्षले सहकार्य गर्नुपर्ने बताएका थिए।

कार्यक्रममा कोशी र मधेश प्रदेशका विभिन्न उद्योग वाणिज्य संघका प्रतिनिधिहरूले आफ्नो क्षेत्रका उद्योग–व्यवसायको अवस्था तथा सम्भावनाबारे पनि धारणा व्यक्त गरेका थिए।

nijgadh-supermart-adz1200-630