skip this farak Kura Pravakar

अतिक्रमित संरचना हटाउन देशभरका सीडीओलाई गृह मन्त्रालयको निर्देशन

36 shares
oil-nigam-amlekhgunj-adv.jpeg

सरकारले देशभर अतिक्रमण गरेर बनाइएका संरचनाहरू हटाउने प्रक्रिया अघि बढाएको छ । यसका लागि गृह मन्त्रालयले सबै ७७ जिल्ला प्रशासन कार्यालयलाई सर्कुलर पठाउँदै आवश्यक तयारी गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले प्रमुख जिल्ला अधिकारीहरूलाई सम्बन्धित निकायसँग समन्वय गरी जिल्लाभित्र रहेका सरकारी तथा सार्वजनिक जग्गाको अतिक्रमण पहिचान गर्न र हटाउने कार्ययोजना तयार गरी मन्त्रालयमा पठाउन आग्रह गरेको छ । यसअघि नै चैत २० गते पनि यस सम्बन्धमा परिपत्र जारी गरिएको थियो ।

बुधबार सचिवस्तरको निर्णयमार्फत अतिक्रमण हटाउने क्रममा आवश्यक सुरक्षा व्यवस्था तथा अन्य सहजीकरण गर्न सरोकारवाला निकायलाई अनुरोध गरिएको छ ।

सरकारले अतिक्रमण नियन्त्रण अभियानलाई थप सक्रिय बनाउँदै शुक्रबारदेखि काठमाडौंका नदी किनारमा निर्माण गरिएका अवैध संरचना हटाउने तयारी गरेको छ । यसअघि बिहीबार ती क्षेत्रहरूमा माइकिङ गरेर सर्वसाधारणलाई जानकारी गराउने काम भइरहेको छ ।

nijgadh-supermart-adz1200-630