skip this farak Kura Pravakar

निजगढ ८ को गौरीशंकर माविकी प्रश्ना लामा एसईई २०८२ मा नगर ‘टप’ !

1.62K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा– माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा बाराको निजगढ–८ स्थित सामुदायिक विद्यालय श्री गौरीशंकर माध्यमिक विद्यालयकी प्रश्ना लामाले ३.९१ जीपीए ल्याएर नगरकै प्रथम स्थान हासिल गरेकी छन् ।

यो विद्यालयका ७१ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

विद्यालयका प्रधानाध्यापक बन्द्रिनारायण झाका अनुसार यस वर्ष विद्यालयबाट सहभागी विद्यार्थीमध्ये १३ जनाले ३.६ देखि ४ जीपीए (एभरेज) प्राप्त गरेका छन् । त्यस्तै २० जनाले ३.२ देखि ३.६, ३० जनाले २.८ देखि ३.२ तथा ८ जनाले २.४ देखि २.८ जीपीए हासिल गरेका छन् ।

विद्यालयको नतिजामा प्रश्ना लामाले ३.९१ जीपीए ल्याएर प्रथम स्थान हासिल गरेकी छन्। त्यसैगरी जेसन रखालले ३.८६ तथा सम्पन्न तिमल्सिनाले ३.८५ जीपीए प्राप्त गरेका छन् ।

विद्यालय परिवारले उत्कृष्ट नतिजा ल्याउन सफल सम्पूर्ण विद्यार्थीहरुलाई हार्दिक बधाई ज्ञापन गरेको छ । साथै यस उपलब्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने शिक्षक–कर्मचारी, अभिभावक तथा सम्पूर्ण सरोकारवालाप्रति धन्यवाद व्यक्त गरेको छ ।

nijgadh-supermart-adz1200-630