skip this farak Kura Pravakar

निजगढ–९ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन, मुख्यमन्त्री र कृषि मन्त्रीलाई मायाको चिनोस्वरूप केराको घरी उपहार प्रदान

84 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-बाराको निजगढ नगरपालिका वडा नं. ९ को नवनिर्मित वडा कार्यालय भवनको अनावरण तथा उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले शिला अनावरण गरेर भवन उद्घाटन गरेका हुन् ।

मधेस प्रदेशका मुख्य मन्त्री यादवले निजगढका केरा खेती किसानलाई प्रोत्साहित गर्ने गरि प्रदेश सरकारले बजेट ल्याउने घोषणा गरेका छन् ।

कार्यक्रममा निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले खहरे खोलामा सानो पुल निर्माणमा सहयोग मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

मेयर पुरीले मधेस क्षेत्रको सुख्खा क्षेत्रलाई नियन्त्रणका लागि चुरे फेदीमा पोखरी बनाउने योजना अघि बढाउन आग्रह गरेका छन् ।

कार्यक्रममा वडा नं. ९ का वडा अध्यक्ष रामचन्द्र कटुवाल क्षेत्रीले आफ्नै प्रशासनिक भवनबाट सेवा प्रवाह सुरु भएसँगै स्थानीय नागरिकलाई थप सहज, व्यवस्थित तथा प्रभावकारी सेवा उपलब्ध हुने बताएका छन् ।
उनले वडालाई स्मार्ट वडाका रुपमा विकास गर्ने योजना अनुसार अघि बढेको समेत बताएका छन् ।

कार्यक्रममा मधेश प्रदेशका कृषि मन्त्री श्याम पटेल, मधेस प्रदेश सभा सदस्य मिना लामा, जिल्ला समन्वय समिति बाराकी उपप्रमुख चण्डिका उप्रेती, निजगढ उपप्रमुख सोममाया थिङ, पूर्व नगर प्रमुख सुरेश कुमार खनाल तथा वडा नं. २ का अध्यक्ष राजन श्रेष्ठ, ८ का स्वर्ण लामा, १२ का ज्ञानबहादुर गोले, कार्यपालिका सदस्य मनमाया तामाङ्ग, सर्मिला सुनार, पवित्रा सुनार, नेपाली कांग्रेस निजगढका सभापति नवराज तिमल्सिना, नेकपा (एमाले) निजगढ नगर सचिव थानेश्वर सापकोटा अविरल, नेपकपाका नेता सन्तोष दंगाल, जनमत पार्टी निजगढ नगर अध्यक्ष मोजहर मन्सुर, राप्रपा निजगढ निजगढ नगर अध्यक्ष लिलाबहादुर राउत, राजनीतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा सरकारी एवं गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

वडा कार्यालय भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने समाजसेवी तिर्थ बहादुर लामा बोम्जन लाई सम्मानपत्र तथा दोसल्ला ओढाएर विशेष सम्मान गरिएको थियो । साथै ८० वर्षभन्दा माथिका ८७ जना जेष्ठ नागरिकहरूलाई पनि सम्मानपत्र तथा दोसल्ला प्रदान गरी सम्मान गरिएको थियो ।
वडा कार्यालयलाई प्रत्यक्ष सहयोग पु¥याउने विभिन्न सहयोगदाता तथा दाताहरूलाई समेत सम्मानपत्रद्वारा सम्मान गरिएको थियो । वडा कार्यालयमा विभिन्न व्यक्ति तथा संस्थाले फर्निचर लगायत उपकरण सहयोग गरेका छन् ।

कार्यक्रमका अवसरमा वडा अध्यक्ष कटुवालले मुख्यमन्त्री यादव र कृषि मन्त्री पटेललाई मायाको चिनोस्वरूप केराको घरी उपहार प्रदान गरेका थिए ।

कार्यक्रमकै अवसरमा कृषि ज्ञान केन्द्र बारा र राष्ट्रिय कृषि आधुनिकरण इकाई केरा जोन बाराको सहयोगमा ल्याईएको केरा खेतीमा औषधि छर्किने ड्रोनको उद्घाटन गरिएको छ ।
मुख्य मन्त्री यादव र कृषि मन्त्री पटेलको उपस्थितिमा ड्रोन उडाईएको केरा जोनका संयोजक हिरासारु मगरले बताएका छन् ।

कार्यक्रममा विद्यासागर ईङलिस बोर्डिङ स्कुल र होली एन्जल्स ईङलिस बोर्डिङ स्कुलका विद्यार्थीहरूले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।

वडा अध्यक्ष कटुवालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वडा सदस्य इन्द्रकुमारी सुनार र सञ्चालन मनिता पाण्डे तथा भाईकाजी श्रेष्ठले गरेका थिए ।

nijgadh-supermart-adz1200-630