skip this

लालबकैया नदीमा डुबेर बेपत्ता तीनमध्ये दुई बालबालिकाको शव भेटियो

45 shares
oil-nigam-amlekhgunj-adv.jpeg

रौतहट-लालबकैया नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये दुई जनाको शव बुधबार बिहान फेला परेको छ । एक बालिका भने अझै बेपत्ता रहेकी छन् ।

मंगलबार दिउँसो नदीमा नुहाउन गएका देवाही गोनाही नगरपालिका–२ लक्ष्मिनियाका तीन बालबालिका नदीमा डुबेर बेपत्ता भएका थिए । घटनापछि स्थानीयवासी र सुरक्षाकर्मीले खोजीलाई तीव्रता दिएका थिए ।

खोजीका क्रममा १० वर्षीय मोहमद रहमतुल्लाह र १० वर्षीया सवनम खातुनको शव नदीमा तैरिरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीका अनुसार घटनामा बेपत्ता भएकी अर्की १० वर्षीया बालिकाको खोजी कार्य जारी छ । नदीमा पानीको बहाव र भौगोलिक अवस्थाका कारण खोजीमा कठिनाइ भइरहेको जनाइएको छ ।

फेला परेका दुवै शवलाई कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी वसन्त गौतमले जानकारी दिए ।

प्रहरी तथा स्थानीयवासीको टोलीले बेपत्ता बालिकाको खोजीलाई निरन्तरता दिएको छ ।

nijgadh-supermart-adz1200-630