skip this

१५ औं महाधिवेशन रोक्न देउवा र खड्काको मागमा सर्वोच्चले दिएन अन्तरिम आदेश

45 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-नेपाली कांग्रेसको महाधिवेशन रोक्नु पर्ने माग गरेका शेरबहादुर देउवा र पूर्णबहादुर खड्कालाई सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। न्यायाधीशहरू नहकुल सुवेदी, महेश शर्मा पौडेल र मेघराज पोखेरलको इजलासले यस्तो आदेश जारी गरेको हो ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले देउवा र खड्काको निवेदनमा अन्तरिम आदेश नभएको बताए। उनले भने, ‘पुरक निवेदनमा महाधिवेशन रोक्न आदेश हुनुपर्ने माग थियो। तीन सदस्यीय पूर्ण इजलासले त्यो मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।’

सर्वोच्चको आदेशसँगै नेपाली कांग्रेसको संस्थापन समूहले आफ्ना नियमित दलीय गतिविधि गर्न पाउने भएको छ। सर्वोच्चले पुनरवलोकनको निवेदनको रोहमा जस्तोसुकै आदेश हुने भए पनि अहिले अन्तरिम आदेश नहुने भनेको हो ।

देउवा-खड्का समूहले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वलाई अस्वीकार गर्दै आइरहेको छ। सभापति गगन थापा नेतृत्वले भने आगामी असोज १६-१९ गते १५औं महाधिवेशन गर्ने गरी गतिविधि अघि बढाइसकेको छ ।

nijgadh-supermart-adz1200-630