skip this

रसुवाको बाढीमा ठोरीका २७ वर्षीय विशाल तिमल्सिना बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

48 shares
oil-nigam-amlekhgunj-adv.jpeg

पर्सा-रसुवामा आएको विनाशकारी बाढीका क्रममा पर्साको ठोरी गाउँपालिका–४ का २७ वर्षीय विशाल तिमल्सिना बेपत्ता भएका छन्।

तिमल्सिना रसुवाको टिमुरे क्षेत्रमा वंशी/भन्सारसम्बन्धी काममा कार्यरत रहेको परिवारले जनाएको छ। बाढी आएपछि उनी सम्पर्कविहीन भएका हुन्।

बाढीपछि विभिन्न स्थानमा खोजी भइरहेको भए पनि हालसम्म विशालको अवस्था पत्ता लाग्न सकेको छैन। बेपत्ता विशालको खोजी तथा अवस्थाबारे जानकारी गराइदिन परिवारले सम्बन्धित निकाय, सुरक्षाकर्मी तथा स्थानीयवासीसँग आग्रह गरेको छ।

परिवारका अनुसार विशालको खोजीका लागि सहयोग गरिदिन सबैमा अनुरोध गरिएको छ।

nijgadh-supermart-adz1200-630