होली एन्जल्स निजगढद्धारा बाढी पीडितका लागि एक लाख पाँच हजार सहयोग
वि.सं.२०८३ भदौ १५ सोमवार २१:२९
153
shares

निजगढ-रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित तथा पीडितहरूको सहयोगका सामाजिक व्यक्तित्व निजगढ–९ स्थित होली एन्जल्स बोडिङ स्कुलका सञ्चालक प्रिन्सिपल नारायण प्रसाद उप्रेतीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ५ हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।
“A small contribution to the PRIME MINISTER DISASTER RELIEF FUND. Small contribution leads to the biggest change.” भन्ने भावनासहित उहाँले विपद्को समयमा पीडितहरूको राहतका लागि आर्थिक सहयोग गर्नुभएको हो।
सानो सहयोगले पनि ठूलो परिवर्तन ल्याउन सक्ने विश्वासका साथ गरिएको यस योगदानले मानवीय सेवाप्रतिको जिम्मेवारी र सामाजिक उत्तरदायित्वलाई प्रतिबिम्बित गरेको छ।
वि.सं.२०८३ भदौ १५ सोमवार २१:२९

















