skip this

दोस्रो सिंगौल नकआउट : ट्रयाक्टर संघ निजगढ–४ क्वाटर फाईनल प्रवेश

102 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-बाराको निजगढ–२ स्थित श्री लोकप्रीय आधारभूत विद्यालयको खेलमैदानमा सञ्चालित दोस्रो सिंगौल नकआउट फुटबल प्रतियोगितामा बुधबार भएको खेलमा ट्रयाक्टर संघ निजगढ–४ विजयी भएको छ ।

आयोजक बन्देवी युवा क्लब (बी) लाई २–१ गोल अन्तरले पराजित गर्दै क्वाटर फाईनल प्रवेश गरेको छ ।

ट्रयाक्टर संघको लागि विराट धामीले दोस्रो हाफको १६ मिनेटमा र २४ औं मिनेटमा अर्जुन कुमरले गोल गरेका थिए ।

त्यस्तै बन्देवीका लागि एक मात्र गोल समरनले गरेका थिए ।

आजको खेलमा ट्रयाक्टर संघ निजगढ(४ का सुजन चौधरी म्यान अफ द म्याच घोषित भएका छन् । उनलाई वडा नं. ३ का वडा अध्यक्ष गोकुलप्रसाद तिमल्सिनाले ट्रफि प्रदान गरेका छन् ।

 

 

निजगढ २ नं. को कार्यालयको सहयोगमा बन्देवी युवा क्लबको आयोजनामा भएको प्रतियोगिता अन्र्तगत विहीबारदेखि क्वाटर फाईनलका खेलहरु हुनेछ ।

पहिलो क्वाटरफाईनल खेलमा सिंगौल एफसी र लालिगुराँस युवा क्लब विच प्रतिस्पर्धा हुनेछ ।

nijgadh-supermart-adz1200-630