skip this

छठको चहलपहल सुरु, बेहुलीझैँ सिँगारिँदै निजगढको बकैया नदी क्षेत्र

66 shares
oil-nigam-amlekhgunj-adv.jpeg

निजगढ-तिहारको रौनक सेलाउन नपाउँदै आस्था र विश्वासको पर्व छठको चहलपहल सुरु भएको छ । ‘नहाय खाय’ विधिसँगै चार दिनसम्म मनाइने छठ पर्व नजिकिएपछि बाराको निजगढस्थित बकैया नदी क्षेत्र बेहुलीझैँ सिँगारिन थालेको छ ।

अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर मनाइने छठ पर्वका लागि निजगढको खयरघारी नजिकै रहेको बकैया नदी क्षेत्रमा घाट निर्माण, सरसफाइ तथा झिलिमिली बत्ती जडानको काम तीव्र पारिएको छ ।

गत वर्ष निर्माण गरिएको पोखरीको डिलमा पण्डाल निर्माण भइरहेको छ भने अर्कोतर्फ बत्ती जडानको काम भइरहेको छ । पोखरीको चारैतिर झिलिमिली बत्ती जडान र पण्डाल निर्माणका लागि दुईवटा टोली रातदिन खटिएका छन् ।

छठ पूजाका लागि पोखरीमा पानी जम्मा गर्नु अहिले मुख्य चुनौती बनेको छ । दुई दिनदेखि बोरिङबाट कुलो बनाएर पोखरीमा पानी भर्ने काम भइरहेको छठ पूजा समितिका संयोजक मुकेश साहले जानकारी दिए ।

पण्डाल निर्माण र बत्ती जडानको काम तीव्र गतिमा भइरहेको बताउँदै संयोजक साहले भोलि बृहत् सरसफाइ कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिए । उनले छठ पूजा व्यवस्थित र सफल बनाउन सबैको साथ तथा सहयोग आवश्यक रहेको बताए ।

छठ पर्व नजिकिँदै जाँदा घाट क्षेत्रमा भइरहेको तयारीले निजगढमा पर्वको रौनक थपिन थालेको छ ।

nijgadh-supermart-adz1200-630