skip this

एक दिवसीय सिरिज : नेदरल्यान्ड्सविरुद्ध अफगानिस्तानको क्लिन स्विप

954 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : अफगानिस्तानले नेदरल्यान्ड्सविरुद्धको एक दिवसीय सिरिज क्लिन स्विप गरेको छ । मंगलबार भएको तेस्रो तथा अन्तिम एक दिवसीय सिरिजमा ७५ रनको जित निकाल्दै सिरिजमा क्लिन स्विप गरेको हो ।
दोहामा भएको खेलमा अफगानिस्तानले दिएको २ सय ५५ रनको लक्ष्य नेदरल्यान्ड्सले पूरा गर्न सकेन । नेदरल्यान्ड्स ४२ ओभर ४ बलमा अलआउट हुँदै १ सय ७९ रन मात्र बनायो ।
नेदरल्यान्ड्सका लागि कोलिन एकरम्यानले ८१ रन बनाए पनि जित निकाल्न सकेनन् । उसका लागि स्कट एड्वार्डले ५४ रनको अर्धशतकीय इनिङ्स खेले । अफगानिस्तानका क्विस अहमदले ३ विकेट लिँदा राशिद खानले दुई विकेट हात पारे ।
पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा ५ विकेट गुमाएर २ सय ५४ रन बनाएको थियो । उसका लागि नाजिबउल्लाह जाड्रनले ७१ रन, रियाज हसनले ५० रनको अर्धशतकीय इनिङ्स खेले भने रहमत साहले ४८ रन बनाए ।

nijgadh-supermart-adz1200-630