महागढीमाईमा गोठमा आगलागी हुँदा एक लाख बराबरको क्षती
वि.सं.२०७८ माघ १२ बुधवार २०:५९
1.36K
shares

बारा : बाराको महागढीमाई नगरपालिका-१ सिमरा तेगछियाको एक गोठमा आगलागी हुँदा एक लाख बराबरको क्षती भएको छ ।
सिमरा तेगछिया बस्ने भगत गिरीको गोठ घर नजिकै बालेको आगो घुरबाट आगलागी भई पुर्ण रुपले क्षती भएको छ । आगलागीबाट केही मानविय क्षती नभएको तर गोठ घर पुर्ण रुपले जलिसकेको प्रहरी चौकी बरियारपुरले जानकारी दिएको छ ।
मगलबार बेलुका ७ बजे आगलागी हुँदा स्थानिय, प्रहरी र दमकलको सहयोगमा ७ बजेर ४० मिनेटमा आगो नियन्त्रणमा लिइएको जानकारी बारा प्रहरी प्रबक्ता एवम् प्रहरी नायब उपरीक्षक राजेश थापाले दिएका छन्।
वि.सं.२०७८ माघ १२ बुधवार २०:५९

















