संखुवासभामा भीरबाट लडेर गोठालाको मृत्यु
वि.सं.२०७८ माघ १२ बुधवार २०:४६

संखुवासभा : संखुवासभाको मकालु गाउँपालिका–४ मा भीरबाट लडेर एक जना भेडा गोठालाको मृत्यु भएको छ ।
भीरबाट लडे भोटखोला गाउँपालिका–५ तुङ्खालिङका ५२ वर्षीय बलबहादुर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए ।
भेडा चराउन गएका राईको मकालु–४ पावाखोला निवारे भिरबाट लडेर मृत्यु भएको प्रहरी निरीक्षक अधिकारीले बताए ।
भेडा चराउन गएका राई मंगलबारदेखि फर्केर नआएपछि खोजी गर्दा बुधबार मकालु-४ पावाखोला निवारेमा भिरबाट लडेर मृत अवस्थामा स्थानीयले फेला परेको थिए ।
मृतक राई केही महिना यता मकालु –४ बैदेका गंगा बहादुर गुरुङको भेडी गोठमा काम गर्दै आएका थिए ।
घटनाको खबर पाउन साथ इलाका प्रहरी कार्यालय हेदाङनाको टोली घटनास्थलतर्फ लागेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । घटनास्थल इलाका प्रहरी कार्यालय हेदाङनाबाट ९ घण्टाको पैदल दुरीमा पर्छ ।
वि.सं.२०७८ माघ १२ बुधवार २०:४६

















