भारतीय विदेशमन्त्री जयशंकरलाई कोरोना संक्रमण
वि.सं.२०७८ माघ १३ बिहीवार २१:२७
2.11K
shares

काठमाडौं : भारतीय विदेशमन्त्री एस जयशंकरलाई कोरोना संक्रमण भएको छ ।
जयशंकरले आफूलाई संक्रमण भएकोबारे बिहीबार सामाजिक सञ्जालमा एक ट्वीट गर्दै जानकारी दिएका हुन् । उनले आफ्नो सम्पर्कमा आएका व्यक्तिहरुलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन् ।
भारतमा पछिल्लो समय कोरोना संक्रमितको संख्या तिव्ररुपमा बढिरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा थप २ लाख ८६ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लोल २४ घण्टामा थप ५ सय ७३ जनाको मृत्यु भएको छ ।
वि.सं.२०७८ माघ १३ बिहीवार २१:२७

















