क्रिकेट खेलाडीको बर्गीकरण, सन्दीपसहित पाँच जना ग्रेड ए मा
वि.सं.२०७८ माघ १३ बिहीवार २१:१६
sf7df8f}F, @% df3 M zlgaf/ sLlt{k'/l:yt lqlj lqms]6 d}bfgdf cfO;L;L ljZjsk lqms]6 lnu @ lqms]6 k|ltof]lutfcGtu{t cd]l/sf / g]kfnaLrsf] lqms]6 v]ndf ljs]6 lnPkl5 g]kfnL /fli6«o l6dsf v]nf8Lx? . t:jL/ M /f]zg ;fksf]6f, /f;;
काठमाडौँ : नेपाल क्रिकेट संघले खेलाडीको बर्गीकरण गरेको छ। बिहीबार बसेको क्यानको बैठकले पुरुष तथा महिला राष्ट्रिय क्रिकेट खेलाडीहरूलाई २०२२ को केन्द्रीय सम्झौतामा अनुबन्ध गर्ने निर्णय गरेको जनाएको छ ।
पुरुष खेलाडीहरू तर्फ ग्रेड ए –
सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरि, सोमपाल कामी र करण केसी
ग्रेड बि –
कुशल भुर्तेल, आसिफ सेख, शरद भेसवाकर, आरिफ सेख, अविनाश बोहरा र विनोद भण्डारी ग्रेड ग्रेड सी –
कुशल मल्ल, रोहित कुमार पौडेल, कमल सिंह ऐरि, विक्रम सोव, साहब आलम, सुशन भारी र पवन सर्राफ
महिला खेलाडीहरू तर्फ ग्रेड ए –
रुबिना छेत्री, सिता राना मगर, इन्दु बर्मा, काजल श्रेष्ठ र करुणा भण्डारी
ग्रेड बि –
सरिता मगर, कविता कुवर, अप्सरी बेगम, सरस्वती चौधरी, सवनम राई र ज्योति पाण्डे ग्रेड सी-डली भट्ट, कविता जोशी, सङ्गीता राई, रोमा थापा, अस्मिना कर्माचार्य, ममता चौधरी र बिन्दु रावल रहेको क्यानले जनाएको छ।
त्यस्तै बैठकले चार जना खेलाडीहरूलाई २०२२ को सेन्ट्रल कनट्याक्टमा सुरुको ६ महिनाको लागि सहभागी नगराउने संघको अघिल्लो बैठकको निर्णय फिर्ता लिने निर्णय गरिएको छ।
त्यस्तै क्यानको वार्षिक साधारण सभा आगामी फाल्गुन १३ र १४ मा धनगढीमा गर्ने निर्णय गरेको छ । सङ्घका अध्यक्ष चतुर बहादुर चन्द, कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ल, कोषाध्यक्ष रोशन कुमार सिंह, सदस्य दुर्गाराज पाठक र सदस्य पदम बहादुर खड्का सम्मिलित ५ सदस्यीय कार्यसम्पादन समिति गठन गर्ने निर्णय बैठकले गरेको छ ।
यस्ता छन् अन्य निर्णयहरु : 
वि.सं.२०७८ माघ १३ बिहीवार २१:१६
















