५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ५५ वर्षीय पुरुष पक्राउ
वि.सं.२०७९ साउन ११ बुधवार १०:४८
1.96K
shares

काठमाडौं । ५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कञ्चनपुरमा एक ब्यक्ति पक्राउ परेका छन्। लालझाडी गाउँपालिका–२ कञ्जकी ५ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा लालझाडी–२ कै कसुवाका ५५ वर्षीय रामदत्त राना पक्राउ परेका इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ।
पीडित परिवारले बालिका बलात्कार भएको मौखिक जानकारी गराएपछि रानालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक भण्डारीका अनुसार रानालाई अहिले इप्रका बेलौरीको थुनामा राखिएको छ।
वि.सं.२०७९ साउन ११ बुधवार १०:४८

















