skip this

बागमती प्रदेशमा सुरक्षा अवस्था बारे समीक्षा गर्दै बागमती प्रदेश सुरक्षा समितिको बैठक सम्पन्न

147 shares
oil-nigam-amlekhgunj-adv.jpeg

हेटौंडा १५ साउन/सुनसरी घटना र त्यसबाट उत्पन्न परिस्थिति र बागमती प्रदेशमा सुरक्षा अवस्था बारे समीक्षा गर्दै शुक्रबार विहान बागमती प्रदेश सुरक्षा समितिको भर्चुअल बैठक सम्पन्न भएको छ ।

मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको समुपस्थितिमा बसेको भर्चुअल बैठकमा सुनसरी घट्ना र त्यसबाट कोसी र मधेश प्रदेशमा फैलिएको हिंसा र समग्र बागमती प्रदेशको सुरक्षा अवस्था बारेमा छलफल भएको थियो ।

छलफललाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले सुनसरी घट्ना र त्यसपछि उत्पन्न परिस्थिति अन्य प्रदेशमा समेत फैलन लागेकाले यस्ता हिंसा र घटना हुन नदिनका साथै सबै सुरक्षा निकाय तथा सरोकारवालासँगको समन्वयमा सामाजिक सद्भाव र राष्ट्रिय एकताको भावलाई कायम गर्न प्रभावकारी रुपमा कार्य गर्न सुरक्षा संयन्त्रलाई निर्देशन दिनुभएको छ ।

मुख्यमन्त्री बानियाँले आफू बागमती प्रदेश सरकार प्रमुख र कांग्रेस बागमती प्रदेशको सभापति समेत भएकाले राष्ट्रिय एकता र सामाजिक सद्भाव कायमका लागि आवश्यकताअनुसार प्रदेशस्थित राजनीतिक दलका प्रमुख र धार्मिक संघसंगठनका प्रमुखहरुसंग निरन्तर संवादमा रहेको जानकारी दिनुभएको थियो ।

भर्चुअल बैठकमा बागमती प्रदेशस्थित सुरक्षा संयन्त्रका प्रमुखहरुले बागमती प्रदेशमा सुरक्षा अवस्था र भावी रणनीति बारेमा आआफ्नो संस्थाको कार्यप्रगति बारे जानकारी गराउनुभएको थियो ।

बैठकमा आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्री शिवराज अधिकारी, बागमती प्रदेश सरकारका प्रमुख सचिव बाबुराम अधिकारी, प्रदेश सचिव कृष्णबहादुर शाही, नेपाली सेना मध्यपृतना बागमती प्रदेश प्रमुख, डिआईजी कार्यालय हेटौंडा प्रमुख, सशस्त्र प्रहरी बल बागमती प्रदेश प्रमुख र राष्ट्रिय अनुसन्धान विभाग बागमती प्रदेश प्रमुखको उपस्थिति रहेको थियो ।

nijgadh-supermart-adz1200-630