निजगढमा शनिबार विहान प्रतिवद्धतासहितको सद्भाव र्याली निकालिने
वि.सं.२०८३ साउन १५ शुक्रवार १७:१०

बारा–कोशी र मधेश प्रदेशका तराई जिल्लामा फैलिएको अशान्ति बढ्न नदिन बाराको निजगढमा शनिबार विहान प्रतिवद्धतासहितको सद्भाव र्याली निकालिने भएको छ ।
शुक्रबार शहीदचोकस्थित बर्गर हाउसमा भएको सर्वपक्षिय, सर्वदलिय छलफलले सर्वपक्षिय सद्भाव समुहको आह्वानमा र्याली निकाल्ने निर्णय भएको हो ।
बैठकले दिपक सापकोटाको संयोजकत्वमा गठित सर्वपक्षिय सद्भाव समुहमा सन्दिप भट्टराई, महेशी कुमर, तिलक घलान, सन्तोष दंगाल, केशव राउत, मोजहर मन्सुर रहेका छन् ।
त्यस्तै जुल्फकार आलम, शंकर थोकर, पेमा घ्याम्चो लामा, मोहमद् शिद्धिकी, डेनिश थापा, केशर बोम्जन, प्रशान्त रौनियार, मोफिद शिद्धिकी, महेश्वर अधिकारी लगायत सदस्य रहेका छन् ।
र्यालीमा जनसहभागिता जुटाउन विभिन्न व्यक्तिहरुलाई जिम्मेवारी समेत तोकिएको छ ।
र्यालीमा सहभागि हुन नागरिक समाज, हिन्दु, मुस्लिम, बौद्धिष्ट, ईसाई धर्मका धार्मिक अगुवा, स्थानीय पेसा–व्यवसायी, विद्यार्थी, मजदुरहरूलाई आह्वान गरिएको छ ।
शहीद चोकबाट विहान ७ बजे सुरु हुने र्याली बुद्धचोकमा पुगेर कोण शभामा परिणत हुने समुहले जनाएको छ ।
वि.सं.२०८३ साउन १५ शुक्रवार १७:१०

















