मेयरको काम फिल्डमा कुद्ने होइन, पोलिसी बनाउने हो: खिमलाल देवकोटा [अन्तर्वार्ता]
खिमलाल देवकोटा, स्थानीय शासनविज्ञ

वि.सं.२०७९ भदौ २६ आइतवार १४:१३

काठमाण्डौँ महानगरपालिकाले अवैध संरचना हटाउने काम सुरु गरेको छ । यस काममा बालेन्द्र शाहा आफैले गरिरहेका छन् । अवैध संरचना हटाउने क्रममा बालेनलाइ कसैले समर्थन गरेका छन् भने उनको विरोधि पनि रहेका छन् । काठमाण्डौँ माहानगरपालिकाले अवैध संरचना हटाउने कामलाई कसरी लिनुभएको छ भनेर खिमलाल देवकोटासंग गरिएको कुराकानीः
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सय दिनमा गरेको कामको समीक्षा कसरी गर्नुहुन्छ ?
–पहिलो कुरा त सय दिने कन्सेप्ट कै संसदीय प्रणालीले सुरु गरेको अभ्यास हो । सय दिनलाई हनिमुन पिरियड पनि भन्ने गरिन्छ । तर, यसलाई स्थानीय तह सित जोड्न मिल्दैन । स्थानीय तह प्रत्यक्ष निर्वाचित कार्यकारी सरकार हो । यसमा हरेक दिनको काम काउन्ट हुन्छ ।
हाल महानगरका मेयर अवैध संरचना भत्काउन आफैँ हिँडिरहेका छन्, यो कस्तो अभ्यास हो ?
–मेयरको काम फिल्डमा कुद्ने होइन, पोलिसी बनाउने हो । तर, हामी कहाँ फिल्डमा कुदे्को छ भने मात्र यसले काम गरिरहेको छ भन्ने देखिन्छ । हाल मेयर मोविलिटि देखाउन हिँडेका हुन् भन्न सकिन्छ । यसबाट महानगरका हाँगाले राम्ररी काम गरेको छैनन् भन्ने देखिन्छ ।
माहानगरका मेयरले अगामी दिनमा कसरी काम गर्नुपर्ला ?
–अब नीति–निर्माणमा ध्यान दिएर काम गर्नुपर्छ । महानगरमा सिङ्गो महानगरबासीलाई आश्वस्त तुल्याउने नीति बन्नुपर्छ । नीतिले सबैलाई आकर्षण गरोस् महानगर महानगरबासीको सेवामा समर्पित छ भन्ने प्रष्ट देखियोस् ।
-नयाँ पत्रिका दैनिकबाट

वि.सं.२०७९ भदौ २६ आइतवार १४:१३