skip this farak Kura Pravakar

राष्ट्रपति पौडेल, अवैतनिक महावाणिज्य र वाणिज्यदूतबीच भेटवार्ता

642 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । विभिन्न मुलुकहरुका अवैतनिक महावाणिज्य र वाणिज्यदूतहरुसँग राष्ट्रिय हितलाई ध्यानमा राखेर काम गर्न राष्ट्रपति रामचन्द्र पौडेलले आग्रह गरेका छन् । आज बिहान राष्ट्रपति पौडेलसँग भेटका लागि शीतल निवास आएका विभिन्न मुलुकहरुका अवैतनिक महावाणिज्य र वाणिज्यदूतलाई उनले दुई देशबीचको सम्बन्ध सुदृढ गर्दै राष्ट्रिय हितलाई केन्द्रमा राखी काम गर्नुपर्नेमा जोड दिएका छन् ।

वाणिज्यदूतका तर्फबाट दिनेश श्रेष्ठले आर्थिक, सामाजिक, सांस्कृतिक सम्बन्ध सुदृढ गर्दै पर्यटन प्रवद्र्धनमा समेत आफूहरुले प्रभावकारी ढङ्गले काम गर्दै आएको बताएका छन् । उनहिरुले राष्ट्रपति पदमा निर्वाचित भएकोमा राष्ट्रपति रामचन्द्र पौडेललाई हार्दिक बधाई साथै सफल कार्यकालको शुभकामना दिएका छन्।

nijgadh-supermart-adz1200-630