skip this farak Kura Pravakar

सशस्त्र प्रहरी बलको सहकार्यमा जीतपुरसिमराका नगर प्रहरीलाई एक महिनाको विशेष तालिम सुरु

1.45K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-जीतपुरसिमरा उपमहानगरपालिकामा हालै नियुक्त नगरप्रहरीहरूको लागि एक महिनाको आधारभूत तालिम आइतबारदेखि सुरु भएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. १२ गण हेडक्वाटर बाराले सञ्चालन भएको तालिमको उद्घाटन उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलले गरेका हुन् ।

तालिममा नगरप्रहरी सहायक निरीक्षक विज्ञान कुमार लामा, सहायक निरीक्षक सुरक्षा विश्वकर्मा, १२ जना नगरप्रहरी जवान र अग्नि नियन्त्रण (दमकल) शाखाका ५ जना गरी कुल २० जना सहभागी रहेका छन् ।

तालिममा प्रमुख प्रशिक्षकका रूपमा सशस्त्र प्रहरी निरीक्षक प्रेम सिंह धामीसहित ७ जना प्रशिक्षकले प्रशिक्षण दिनेछन् ।

उद्घाटन समारोह सशस्त्र प्रहरी गण नं. १२ का गणपति शसस्त्र प्रहरी उपरीक्षक (एसपी) खुम बहादुर केसीको अध्यक्षतामा सम्पन्न गरिएको हो ।

कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शान्ति राज प्रसाईं, प्रशासकीय अधिकृत (आठौं) बालाराम खड्का, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष माेहन शर्मा लामिछाने लगायतकाे उपस्थिति रहेकाे मेयरका स्वकीय सचिव रामकृष्ण श्रेष्ठले जानकारी दिए ।

उपमहानगरपालिकाका अनुसार नगरप्रहरीहरूको क्षमता अभिवृद्धि गर्दै नगर क्षेत्रमा शान्ति–सुरक्षा प्रवर्द्धन गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो ।

nijgadh-supermart-adz1200-630