skip this farak Kura Pravakar

कांग्रेस–एमालेद्वारा बानियाँलाई मुख्यमन्त्री बनाउन दाबी पेश

नयाँ मुख्यमन्त्री नियुक्तिका लागि आजै दावी पेश गर्न प्रस्ताव

1.15K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-बागमती प्रदेशमा नेपाली कांग्रेस र नेकपा (एमाले) ले संयुक्त रूपमा सरकार गठनको दाबी पेस गरेका छन्। कांग्रेस–एमाले गठबन्धनले नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँलाई मुख्यमन्त्रीका लागि प्रस्ताव गर्दै प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेको हो।

प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले मुख्यमन्त्री बहादुर सिंह लामाको राजीनामापछि नयाँ सरकार गठनका लागि संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्न मिति २०८२ साउन २० गतेसम्म दाबी पेस गर्न आह्वान गर्नुभएको थियो।

प्रदेश प्रमुखको आह्वानअनुसार कांग्रेस संसदीय दलका ३७ र एमाले संसदीय दलका २७ गरी जम्मा ६४ जना प्रदेशसभा सदस्यको समर्थनमा बानियाँलाई मुख्यमन्त्री नियुक्त गर्न औपचारिक दाबी पेश गरिएको हो।

पत्रमा भनिएको छ, “नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नेपाली कांग्रेस र नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलको समर्थनमा नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियालाई बागमती प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गर्न दाबी पेश गर्दछौं।”

बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रियाका लागि दुई दिनभित्र दाबी पेश गर्न आह्वान गरेका थिए ।

यसअघि मुख्यमन्त्री बहादुर सिंह लामाले मिति २०८२ साउन १८ गतेदेखि लागू हुने गरी पदबाट राजीनामा दिएका थिए। लामाको राजीनामापछि बागमतीमा नयाँ सत्ता समीकरण बनेर कांग्रेस–एमाले गठबन्धनले सरकारको नेतृत्व लिन पहल अघि बढाएको हो।

nijgadh-supermart-adz1200-630