skip this

सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्रहत्या गर्ने युवक पक्राउ

969 shares
oil-nigam-amlekhgunj-adv.jpeg

झापा – सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्रहत्या गरेको अभियोगमा झापा गाउँपालिका–६ स्थायी ठेगाना भएका २० वर्षीय कादिर मोमिनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

सामाजिक सञ्जाल फेसवुक र टिकटकमा पीडित महिलाको चरित्र हत्या हुने खालका अश्लील शब्दहरू लेख्नुको साथै अन्यको शरीर जोडिएको तस्बिर र भिडियोहरू पोष्ट गरी दुःख हैरानी दिई चरित्र हत्या हुने कार्य गरेको भन्ने उजुरीको आधारमा साइबर व्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय झापाको सहयोगमा उनलाई झापा गाउँपालिका–६ बाट पक्राउ गरेको हो ।

उनी उपर विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा ४ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहको छ ।

 

nijgadh-supermart-adz1200-630