skip this farak Kura Pravakar

अहिलेको जनादेशअनुसार सबै राजनीतिक दल मिलेर जानुपर्छ –राजेन्द्र लिङ्देन

816 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौ । आफ्नो पार्टी अस्थिरताको कारक नबन्ने राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बताएका छन्। आज प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले जनादेशको सम्मान गर्दै आफूहरु अगाडि बढ्ने बताएका छन् । ‘राप्रपा जनादेश बमोजिम राष्ट्रियता, राष्ट्रिय एकता, सुशासन र सेवा प्रवाहको मुद्दामा विगतमा झैं दृढतापूर्वक उभिने छ। हामी अस्थिरताको कारक बन्ने छैनौँ,’ लिङ्देनले भने। लिङ्देनले अहिले देशको सबै क्षेत्र ओरालो लागेको अवस्था रहेको बताएका छन् । अर्थतन्त्रको अवस्था भनिराख्न पर्दैन। बेरोजगारी कुन ढंगले बढेको छ सबैलाई थाहा भएकै छ,’ लिङ्देनले भने।

त्यस्तै अहिलेको जनादेश अनुसार सबै राजनीतिक दल र सवै विचार मिलेर जानुपर्ने अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले बताएका छन्। लिङ्देनले अहिलेको जनताले दिएको मत हेर्दा कुनै राजनीतिक दललाई पूर्ण रुपमा विश्वास गर्न नसकिने बताएका हुन । लिङ्देनले भने, ‘र कुनै दललाई निषेध गरेर पनि जान सक्दैन। सबै मिलेर जानुपर्छ भन्ने जनादेश छ।‘

उनले आफूले अघिल्लोपटक संसद भवनबाट बिदा हुँदै गर्दा धेरै साथी ल्याउछु भनेर निस्केको घटनासमेत स्मरण गरेका छन् । सोचेजति धेरै साथी ल्याउन नसकेपनि जनताको साथ पाएको उनले बताएका छन् । अघिल्लो कार्यकाल संसद भवन छाड्दा धेरै साथी लिएर आउँछु भनेको थिए। धेरै त ल्याउन सकिनँ। तर जनताको भावनाको प्रतिनिधित्व गर्दै आएको छु,‘ लिङ्देनले भने।अहिले विकास निर्माणको कुरा ठप्प रहेको उल्लेख गर्दै उनले जनताले विकास खोजेको बताएका छन् ।

nijgadh-supermart-adz1200-630