skip this

जनमतको सही सदूपयोग गर्न हामी सरकारमा गएका हौँ –रवि लामिछाने

921 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जनमतको कदर गर्दै सरकारमा गएको बताएका छन्। प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष समेत रहेका लामिछानेले सँधै सरकारको प्रतिपक्षी भएर आवाज उठाउनेले सरकारमा जान हतारो गरेको प्रश्न आफूहरूलाई भए पनि जनमतको कदर गर्दै सरकारमा गएको बताएका छन्।

गृहमन्त्री लामिछानेले भने नेपालको राजनीतिक इतिहासमा एक पार्टीको उदय ठूलो कुरा होइन, तर छोटो अवधिमै यो साथ र सहयोग पाएका छौ यो हाम्रो लागि ठूलो कुरा हो। हामी सँधै खरो प्रतिपक्षीको कुरा गर्थ्यौ तर मौका पाउने बित्तिकै सरकारमा गएको भन्ने प्रश्न पनि उठेको छ। यो स्वभाविक हो। तर हामीले जनमतलाई कदर गरेका हौँ। जनताले हामीलाई दिएको यो आशाको मत हो। यो मतको सही सदूपयोग गर्न हामी सरकारमा गएका हौँ।

लामिछानेले आम जनताका न्यूनतम आवश्यकता पूरा गर्न निर्मम भएर लाग्ने बताएका छन् । संसदमा उपस्थित हुने अवसर दिलाउने मतदातालाई धन्यवाद दिँदै लामिछानेले विगतमा संसदले गरेका कामको पनि समीक्षा हुनुपर्ने बताएका छन्।

nijgadh-supermart-adz1200-630