अभिनेता शाहकाे हिरासत बसाइ लम्बियो, तत्काल थुनछेक बहस नहुने
वि.सं.२०७८ चैत ६ आइतवार १६:३३

काठमाडाैं । तनहुँमा थुनछेक बहसपछि मात्रै अभिनेता पल शाहलाई नवलपुर लगिने भएको छ ।
नवलपरासी पूर्वी जिल्ला अदालतमा मुद्दा दर्ता भइसके पनि पलविरुद्ध त्यहाँ तत्काल थुनछेक बहस नहुने भएको हो ।
गत बिहीवार उनीविरुद्ध बलात्कारको अभियोगमा जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय तनहुँमा पनि उनै नाबालिगका आफन्तले बलात्कारको अभियोगमा जाहेरी दिएकाले तनहुँ अदालतमा थुनछेक बहसपछि मात्रै नवलपुर पठाइने भएको हो ।
जिल्ला अदालतले तनहुँमा थुनछेक बहस सकिएपछि पललाई नवलपुर पठाइदिन पत्र पठाइसकेको अदालत स्रोतले जनाएको छ ।
‘तनहुँ अदालतमा थुनछेक बहस सकिएपछि यता पठाइदिन भनेका छौं । त्यहाँ पुर्पक्षका लागि थुनामा पठाउने आदेश भए पनि नभए पनि अभियुक्तलाई यहाँ ल्याइन्छ,’ अदालत स्रोतले भन्यो ।
यसअघि बयानका लागि नवलपुर लगिएको थियो । एकसाता गैंडाकोटमा राखेर पललाई पुनः तनहुँ पठाइएको थियो ।
गैंडाकोटमा २०७७ चैत ७ गतेको घटना भएकाले पहिले गैंडाकोटमा पीडित पक्षका आफन्तले किटानी जाहेरी दिएका थिए ।
एक वर्षभित्रमा मुद्दा दर्ता गरिसक्नु पर्ने कानूनी व्यवस्था छ । तनहुँमा भने गत असारको घटना भएको पीडितको जाहेरीमा उल्लेख छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँले सरकारी वकिलमार्फत केही दिनभित्रैमा मुद्दा दर्ता गर्ने तयारी भएको जनाएको छ । अभियुक्तलाई पक्राउ गरेको २५ दिनभित्रमा मुद्दा दर्ता गर्नुपर्ने कानूनी व्यवस्था छ ।
गत फागुन १५ गते पल आफैं प्रहरी कार्यालयमा हाजिर भएका थिए । हिरासतमा भएको आज (आइतवार) २१ दिन पुगेको छ ।
पछिल्लो पटक गत शुक्रवार उनलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो । यसअघि पहिलो पटक ७ दिन र दोस्रो पटक १२ दिन म्याद थप भएको थियो ।
जिल्ला अदालत नवलपुरमा उनलाई १२ देखि १४ वर्ष कैद र ४ लाख रूपैयाँ जरिवाना गर्न माग गरिएको छ । उनीविरुद्ध बलात्कारको जाहेरी दिने नाबालिग १५ वर्ष ८ महिना ४ दिनको भएको पुष्टि भएको प्रहरीले जनाएको छ ।
थप समाचारहरु….
- गायक पल शाहविरुद्ध १४ वर्ष जेल सजायको माग, जुटायो प्रहरीले यस्ताे प्रमाण
- गायक शाहविरुद्ध आज तेस्रोपटक म्याद थपिँदै
- पल शाहविरुद्ध नवलपुर अदालतमा बलात्कार मुद्दा दर्ता
- अभिनेता पल शाहका म्यानेजर कृष्ण जोशी तनहुँबाट पक्राउ
- पल शाह प्रकरण : सामाजिक सञ्जाल मार्फत पीडितको चरित्र हत्या गर्ने दुई युट्युबर पक्राउ
- नाबालिग किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा शाहलाई थप अनुसन्धानका लागि गैंडाकोट लगियो
- अभिनेत्री थापालाई युट्युबमा गालीगलौज गर्ने प्रहरी नियन्त्रणमा
- रेखा थापाको उजुरीमा प्रहरीद्वारा युट्युबर पक्राउ
- साइबर ब्युरोको चेतावनी : युट्युब, टिकटकमा भ्रामक सूचना दिनेलाई कारबाही गर्छौं
- युट्युबमा नायिका रेखा थापालाई गालीगलौज गरेको भन्दै दिदी तारा राणाले दिइन् साइबर ब्युरोमा उजुरी
- प्रेस काउन्सिल, साइबर ब्युरो र गृह मन्त्रालयले दियो युट्युबरलाई चेतावनी, १६ वटा कारवाहीमा
- यी हुन् कारबाहीका लागि सिफारिसमा परेका १६ वटा युट्युव च्यानलहरु (सूचीसहित)
- नायिका थापाको उजुरीपछि साइबर ब्यूरोले लेख्यो प्रेस काउन्सिल नेपाललाई पत्र
- निर्माता यशोदा राई भन्छिन्ः समाजिक सञ्जालको वहसले लाखौं पल जन्माउदै, गायिकाको जिवन कस्ले रक्षा गर्ने ?
- वकिलको मोवाइलमा पिडित गायिकाले पठाइन् डर लाग्दो म्यासेज, बुवाआमा निरास
- बलात्कारको आरोप लागेका पल शाह यसरी छिरे प्रहरी कार्यालयमा (भिडिओ)
वि.सं.२०७८ चैत ६ आइतवार १६:३३

















