skip this

पल शाह प्रकरण : सामाजिक सञ्जाल मार्फत पीडितको चरित्र हत्या गर्ने दुई युट्युबर पक्राउ

3.86K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । गम्भीर प्रकृतिको अपराध अनुसन्धानको प्रक्रियालाई प्रभावित पार्ने उद्देश्यका साथ सामाजिक सञ्जाल युट्युवमार्फत पीडितको चरित्र हत्या गरेको भन्दै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

अनुसन्धान भइरहेको विषयमा पीडितको चरित्र हत्या गर्ने गरी ‘नेपाली मिडिया’ नामक युट्युव च्यानलमार्फत अनर्गल वक्तव्यवाजी गरेकाे उजुरीपछि प्रहरी प्रधान कार्यालय, साइबर ब्यूराेले काठमाडौं नागर्जुनका ‘हरि उदासी’ काे नामले चिनिने हरि परियार पक्राउ गरेकाे छ ।

पछिल्लो पटक पल शाह प्रकरणमा उनले पीडितकाे चरित्र हत्या हुने गरी सार्वजनिक वक्तव्य दिएकाे प्रहरीले जनाएकाे छ ।

उनले बोलेका कुरा युट्युवका अन्य च्यानलका साथै फेसबुक र टिकटकमा समेत पोस्ट भएका छन् ।

त्यस्तै प्रहरीले ‘विशाल नेपाल’ नामक युट्युव च्यानलमार्फत भ्रामक सामग्री सम्प्रेषण गरेको भन्दै साे च्यानलका सञ्चालक निशान चिलुवाललाई पनि पक्राउ गरेको छ ।

परियार र चिलुवालले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुर गरेकोले काठमाडौं जिल्ला अदालतको आदेश अनुसार नियन्त्रणमा लिइएकाे र थप अनुसन्धान भइरहेकाे साइबर ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिए ।

थप समाचार…

nijgadh-supermart-adz1200-630