बलात्कारको आरोप लागेका पल शाह यसरी छिरे प्रहरी कार्यालयमा (भिडिओ)
वि.सं.२०७८ फागुन १५ आइतवार १५:३०

काठमाडौं । नाबालिगमाथि करणीको आरोपमा जाहेरी परेपछि फरार रहेका नायक पल शाह आज पक्राउ परेका छन् । उनी आफैंले जिल्ला प्रहरी कार्यालय तनहुँमा पुगेर गिरफ्तारी दिएको बताइएको छ ।
पलले सामाजिक सञ्जालमार्फत आज प्रहरीमा उपस्थित हुने पूर्वजानकारी गराएका थिए । सामाजिक सञ्जालमै उनी जिप्रका प्रहरीमा उपस्थित भएको भिडिओ सार्वजनिक भएको छ ।
खैरो क्याप, चश्मा र मुखमा मास्क लगाएर शाह जिप्रका प्रवेश गरेका थिए । एक महिला प्रहरीलाई उनले आफ्नो विवरण टिपाएको भिडिओमा देखिन्छ ।
शाहविरुद्ध ती गायिकाले गत बुधबार जाहेरी दिएकी थिइन् । शाहविरुद्ध अभियोग पुष्टि भएमा १० देखि १२ वर्षसम्म जेय सजाय हुनेछ ।
https://faraknepal.com/14081?f
https://faraknepal.com/13735
https://faraknepal.com/13732
https://faraknepal.com/14022
https://faraknepal.com/13692
https://faraknepal.com/13697
https://faraknepal.com/13694
वि.सं.२०७८ फागुन १५ आइतवार १५:३०
















