निर्माता यशोदा राई भन्छिन्ः समाजिक सञ्जालको वहसले लाखौं पल जन्माउदै, गायिकाको जिवन कस्ले रक्षा गर्ने ?
गायीकामाथि मानसिक असर परेको भन्दै उनको रक्षाकालागि सबै नारी एक हुन आग्रह
वि.सं.२०७८ फागुन २१ शनिवार १०:०९

काठमाडौं। चलचित्र निर्माता एंव मानव अधिकारकर्मी यशोदा राई तुम्वाहाम्फेले नायक पल शाह र यौन दुव्र्यवहारमा परेकी गायीकाका विषयमा सामाजिक सञ्जालमा बहस नगर्न आग्रह गरेकी छन् ।
पछिल्लो समय नायक शाह विरुद्ध लागेको गम्भीर प्रकृतिको बाल यौन दुव्र्यवहार सम्बन्धी मुद्दाको विषयमा सामाजिक सञ्चालमा बहस चुलिएको प्रति ध्यानाकर्षण भएको बताइन् ।
नेपालको कला, संस्कृति र चलचित्र उद्योगलाई नै प्रभावित पार्ने गरि भएका पक्ष विपक्षको बहशले अझै पनि समाजमा नारी माथि हेर्ने दृष्टी कोणलाई प्रष्ट बनाएको उनको भनाई छ ।
आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत धारणा राख्दै अधिकारकर्मी राईले नायक शाहलाई हदै सम्मको कारबाहीको माग गरिन ।
सामाजिक सञ्चालनमा चलेको वहशले वालिका गायकीमाथि ठुलो असर पर्ने भन्दै यस्ता तर्क गर्न बन्द गर्नुपर्ने उनको भनाई छ । दोशीमाथि कारबाही गर्ने कानुन हुँदा हुदै सामाजिक सञ्चालनमा वहस जायज नभएको उनको तर्क छ ।
उनले सामाजिक सञ्जालमा लेखेकी छन्ः नाबालिका गायकामाथि वाल करणी गरेको आरोप लागेका पल शाहको पक्षमा बहस गर्नेहरु देख्दा घृणा लाग्छ ।
पल शाह वास्तबमै दोषी हो, के सहि के गलत निर्णय गर्न नसक्ने बालिकालाई प्रलोभनमापारी करणी गरि शारीरिक र मानसिक रुपमा बिक्षिप्त बनाउनेशाह जस्तो जघन्य अपराधीलाई हदैसम्मको सजाय हुनु पर्छ ।
कोहि पनि लोकप्रिय हुदैमा अपराध गर्ने छुट कानुनले दिदैन, एक पल शाहलाई छुट दिनु भनेको लाखौं पल शाह उत्पत्ति हुनु हो र समाजका लाखौ नाबालिकाहरु असुरक्षित हुनु हो ।
अभिनेता शाह वाल यौन दुव्र्यवहारको मुद्धामा अहिले तनँहु प्रहरीको हिरासदमा छन् । अहिले उनको पक्ष विपक्षमा सामाजिक संजालमा बहस जारी छ । यसैबीच उनले पछिल्लो समय जारी वहशको पक्ष विपक्षमा प्रेस काउन्सिलको विज्ञप्ती प्रति स्वागत गरिन ।
अनावश्यक वहसका कारण गायीकामाथि मानसिक असर परेको भन्दै उनको रक्षाकालागि सबै नारी एक हुन आग्रह गरिन् ।
वि.सं.२०७८ फागुन २१ शनिवार १०:०९
















