skip this farak Kura Pravakar

उदयपुरको मतदान केन्द्रमा प्रहरीले गोली चलाउदा एक किशोरको मृत्यु

1.38K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । उदयपुरको मतदान केन्द्रमा प्रहरीले गोली चलाउदा एक किशोरको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन् । उदयपुरको कटारी नगरपालिका– १० सोरुङछबिसेमा रहेको जनता कालिका माविको मतदान केन्द्रमा सामान्य विवाद हुँदा प्रहरीले गोली चलाएको हो । मतपेटीका सिलबन्दी गर्ने क्रममा विवाद गोली चलाउनु परेको प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादबले जानकारी दिए ।

गोली लागेर कटारी नगरपालिका– १० सोरुङछबिसेका स्वतन्त्र वडाध्यक्षका उम्मेदवार गौरबहादुर कटुवालका भतिज १९ वर्षीय नवीन भन्ने बीरबहादुर कटुवालको ज्यान गएको हो । त्यसैगरी घरमा बसि रहेको १३ वर्षिय बालक मोहन श्रेष्ठको घुँडामा गोली लागि घाइते भएका छन् ।

nijgadh-supermart-adz1200-630