skip this

भरतपुर महानगरको कार्यपालिका सदस्यमा गठबन्धनका सबै उम्मेदवार विजयी

1.06K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं ।भरतपुर महानगरपालिकाको कार्यपालिका सदस्यको निर्वाचन सम्पन्न भएको छ । पाँच महिला सदस्य र तीन अल्पसंख्यक तथा दलित सदस्य गरी जम्मा आठजना नगर कार्यपालिका सदस्यका लागि भएको निर्वाचनमा पाँचदलीय गठबन्धनका सबै उमेदवार विजयी भएका छन् ।महिला सदस्यमा नेपाली कांग्रेसकी सिर्जना अधिकारी, नर्वदा सापकोटा, सुकमाया परियार, शारदा पोख्रेल र माओवादी केन्द्रकी विना नेपाली निर्वाचित भए ।

अल्पसंख्यक र दलिततर्फ कांग्रेसका गोपाल दराई, माओवादी केन्द्रका विष्णुबहादुर भुजेल र एकीकृत समाजवादीकी कोपिला उपरकोटी निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत प्रकाशकुमार अधिकारीले जानकारी दिए । नगर कार्यपालिकाको निर्वाचनमा एमालेका कुनै पनि उमेदवार निर्वाचत हुन सकेनन् ।

गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकामा १४७ जना जनप्रतिनिधि निर्वाचित भएका थिए।जसमध्ये नेपाली कांग्रेसबाट ७७, एमालेबाट ५०, माओवादी केन्द्रबाट १०, एकीकृत समाजवादी पार्टीबाट ५, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ४ र एकजना स्वतन्त्रबाट निर्वाचित भएका थिए। तिनै जनप्रतिनिधिले मंगलबार नगर कार्यपालिकाको निर्वाचनमा मतदान गरेका थिए।

nijgadh-supermart-adz1200-630