skip this

कश्मिरस्थित अमरनाथ गुफामा अत्याधिक वर्षापछि बाढी, १५ जना तीर्थयात्रीको मृत्यु

1.37K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । केही दिन देखि परेको अविरल वर्षाका कारण आएको बाढीमा परि भारतको दक्षिण कश्मिरस्थित अमरनाथ गुफा आसपासमा १५ जना तीर्थयात्रीको मृत्यु भएको छ भने घटनामा परी ४५ यात्रु वेपत्ता रहेका छन्। क्लाउड ब्रस्ट का समयमा उक्त क्षेत्रमा कम्तीमा पनि १० हजार तीर्थ यात्री रहेको बताइएको छ। शुक्रवार साँझ साढे ५ बजे उक्त क्षेत्रमा अत्याधिक वर्षा ए पछि आएको बाढीका कारण उनीहरुको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएको छ।

अमरनाथ गुफा भारतको प्रसिद्ध तीर्थस्थल हो। यसअघि दुई वर्ष कोरोना संक्रमण रोकथामका लागि गुफामा दर्शन गर्न रोक लगाइएको थियो।पहाडी क्षेत्रमा तीव्र गतिमा आएको यस्तो वर्षाले बालताल बेस क्याम्पमा रहेको २५ टेन्ट बगाएको थियो भने उक्त क्षेत्र केही बेरमै जलमग्न बनेको थियो। घटनामा परी फसेकालाई उद्धार तथा राहतका लागि एयरफोर्समसेत परिचालन गरिएको छ।

nijgadh-supermart-adz1200-630