skip this

कालिमाटीकी ११ वर्षिया बालिका दुई दिनदेखि बेपत्ता

1.17K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाण्डौं–काठमाण्डौं महानगरपालिका वडा नं. १३ कालिमाटीकी ११ वर्षिया बालिका दुई दिनदेखि बेपत्ता भएकी छिन् ।

गोरो वर्णकी ५ फिट ४ इन्च अग्ली बालिका समृद्धि मान्नघर दुई दिनदेखि सम्पर्क विहीन भएपछि परिवारजनले खोजीका लागि अपिल गरेका छन् ।

कालिमाटीबाट सम्पर्क विहीन भएकी समृद्धि अन्तिम पटक गणबहाल, झोछेँ क्षेत्रमा देखिएको पारिवारजनले जनाएका छन् ।

बालिकाकी बुवा सुनिल मान्नघर र आमा कृष्णा कुमारी सिंहले सामाजिक सञ्जालमार्फत कहि कतै देखेको र भेटिएको खण्डमा नजिकको प्रहरी चौकी अथवा ९८५११०७५४५ मा सम्पर्क गरिदिनुहुन अनुरोध गरेका छन् । उनीहरुले आफुहरु चिन्तित रहेको भन्दै छोरी समृद्धिलाई तिमी जता भए पनि कसैको दबाब प्रभावमा नपरी नडराई फर्केर आउनु अथवा कता छौ फोन गर्न आग्रह गरेका छन् ।

nijgadh-supermart-adz1200-630