skip this farak Kura Pravakar

मेलम्चीमा अब क्षति नहोस् भनेर मन्त्री चौधरीले गरे क्षमा पूजा

1.05K shares
oil-nigam-amlekhgunj-adv.jpeg

सिन्धुपाल्चोक । खानेपानीमन्त्री उमाकान्त चौधरीले हेलम्बु गाउँपालिका–१ तार्केघ्याङको डुक्पाडुङ गुम्बामा बिहीबार क्षमा पूजा गरेका छन् । उनले अब यस क्षेत्रमा बाढीपहिराले दुःख नदियोस् भनेर क्षमा पूजा गरेका हुन् । सिन्धुपाल्चोकको मेलम्चीस्थित मेलम्ची खानेपानी आयोजनामा गएको वर्षात्मा आएको बाढीले क्षति पुर्‍याएको थियो ।

मेलम्ची खोलामा आएको बाढीले सो आयोजनाको ड्याममा क्षति पुगेपछि हालसम्म यहाँबाट पानी वितरण गर्न सकिएको छैन ।

बिहीबार मेलम्ची खानेपानीको बाढीले क्षति पुर्‍याएको अम्बाथान अडिट बाँधस्थल ड्याम साइट पुगेर मन्त्री चौधरीले खानेपानी पुनः वितरणका लागि भइरहेका कामको अनुगमन पनि गरे ।

सरकारले चैत मसान्तसम्म मेलम्चीको पानी काठमाडौं लैजाने लक्ष्य लिएको छ । मन्त्री चौधरीले समयसमयमा यस आयोजनास्थलको अनुगमन गर्दै आइरहेका छन् ।

उनले सो आयोजनाका नेतृत्व तथा कर्मचारीलाई यही चैत मसान्तसम्म काठमाडौंमा पानी पुर्‍याउने गरी काम गर्न निर्देशन दिए ।

 

nijgadh-supermart-adz1200-630