skip this

जापान भ्रमणमा माओवादी अध्यक्ष प्रचण्ड, फेस्टिभलको उद्घाटन गर्ने

1.15K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । शुक्रबार बेलुकी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान प्रस्थान गरेका छन् । नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन उनी जापान प्रस्थान गरेका हुन्।प्रचण्डलाई टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापनाका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदी, जनप्रगतिशील मञ्च जापानका पदाधिकारीसहित प्रवासी नेपालीले स्वागत गरेका थिए।

त्यस्तै प्रचण्डले नेपाली समुदायसँगको छलफलको क्रममा जापान विश्वकै लागि प्रेरणाको स्रोत रहेको पनि बताए । युद्धपछिको विकास निर्माणको काम कसरी अगाडि बढाउन सकिन्छ भन्न उदाहरण जापानले पेस गरेको उनको भनाइ थियो ।

प्रचण्डले नेपालमा विकास र राजनीतिक स्थायित्वको आधार तयार गर्न सके मात्र विदेशमा रहेका नेपाली स्वदेश फर्किने र उनीहरुको ज्ञान, सिप र साधनको उच्चतम प्रयोग गर्न सकिनेमा पनि जोड दिए । सत्ता गठबन्धनले पनि स्थायित्व र विकास निर्माणलाई केन्द्रमा राखेर योजना निर्माण गर्ने गरेको प्रचण्डको भनाइ थियो ।आज प्रचण्डले जापानको फुकुवामा आयोजित नेपाल फेस्टिबलको उद्घाटन गर्ने कार्यक्रम छ। आइतबार उनी जनप्रगतिशील मञ्च जापानको आयोजनामा हुने ‘समृद्ध नेपालको आधार आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयक अन्तरक्रियामा सहभागी हुनेछन्।

nijgadh-supermart-adz1200-630