चिसो बढेसँगै बारागढी गाउँपालिकाको दलित परिवारलाई अध्यक्ष जयसवालद्वारा ब्याङ्केट वितरण
वि.सं.२०८२ पुस २० आइतवार २०:३१
1.01K
shares

बारा–बारागढी गाउँपालिका–४ स्थित पोखरिया टोलका दलित समुदायका ३२ परिवारलाई न्यानोका लागि ब्याङ्केट सहयोग गरिएको छ।
बढ्दो चिसो मौसमका कारण प्रभावित हुन सक्ने समुदायलाई लक्षित गरी बारागढी गाउँपालिकाले ब्याङ्केट वितरण गरिएको हो। गाउँपालिका अध्यक्ष अशोककुमार जयसवालले एक कार्यक्रमका बीच दलित समुदायका परिवारलाई ब्याङ्केट वितरण गरेका हुन् ।
कार्यक्रममा बारागढी गाउँपालिका–४ का वडा अध्यक्ष पन्नालाल साहसहित स्थानीय भद्रभलाद्मी, समाजसेवी तथा स्थानीयवासीको उपस्थिति रहेको थियो ।
गाउँपालिका अध्यक्ष जयसवालले जाडो मौसममा विपन्न तथा दलित समुदायलाई सहयोग पुर्याउने उद्देश्यले राहत सामग्री वितरण गरिएको बताउँदै आगामी दिनमा पनि यस्ता सामाजिक सहयोगका कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए ।
वि.सं.२०८२ पुस २० आइतवार २०:३१

















