skip this

निजगढ–६ मा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको जग्गा नापजाँच सुरु

1.18K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-भूमि समस्या समाधान आयोगको पहलमा निजगढ नगरपालिका वडा नम्बर ६ मा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको जग्गा नापजाँच कार्य औपचारिक रूपमा सुरु गरिएको छ ।

आयोगबाट खटिएको प्राविधिक टोलीले स्थानीय तहको समन्वयमा नापजाँच कार्य अगाडि बढाएको हो। कार्यक्रमको शुभारम्भ निजगढ नगरपालिकाका मेयर सुरथ पुरीले दुरबिनमार्फत नापजाँच क्षेत्रको अवलोकन गर्दै गरेका थिए भने उपमेयर सोममाया थिङले पूजापाठ गरी उद्घाटन गरेकी थिइन् ।

कार्यक्रममा निजगढ नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष घनश्याम तिमल्सिना, अन्य जनप्रतिनिधिहरू, पूर्व वडा अध्यक्ष कुशबहादुर थापा, नगरपालिकाका कर्मचारी तथा प्राविधिकहरूको उपस्थिति रहेको थियो ।


भूमिहीन तथा अव्यवस्थित बसोबासीको दीर्घकालीन समस्या समाधान गर्ने उद्देश्यसहित सुरु गरिएको यो नापजाँच कार्यले वास्तविक लाभग्राही पहिचान, तथ्यांक संकलन र आगामी चरणमा जग्गा व्यवस्थापन प्रक्रिया अगाडि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

स्थानीयवासीहरूले नापजाँच कार्य समयमै सम्पन्न भई जग्गा स्वामित्वको समस्या समाधान हुने विश्वास व्यक्त गरेका छन् ।

nijgadh-supermart-adz1200-630