एसियन पेन्ट्समा वाणिज्यको छापा, म्याद गुज्रिएको ८ हजार डब्बा नियन्त्रणमा
वि.सं.२०७९ कात्तिक १८ शुक्रवार १९:५४

काठमाडौं-वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एसियन पेन्ट्सको गोदाममा छापा मारेको छ ।
शुक्रबार कम्पनीको सतुंगल र ललितपुरको बालकुमारीस्थित गोदाममा गरिएको अनुगमनमा उपभोग्य मिति सकिएको रङ्गलाई नयाँ मिति राखेर बजार पठाउने गरिएको फेला परेको विभागले जनाएको छ ।
विभागका अनुसार शुक्रबार ८ हजार थान रङ्गको डिब्बा (टिनको डब्बा) नियन्त्रणमा लिइएको विभागका निर्देशक एवम् सूचना अधिकारी होमनाथ भट्टराईले जानकारी दिए । ‘अनुगमनका क्रममा रिलेबलिङ गरेको पाइयो,’ भट्टराईले भने, ‘पुरानो मिति मेटाएर कागजमा नयाँ मिति राखेको पाइएको छ । रङ्गहरु विभागले जफत गरेको छ । ’
विभागकाअनुसार उपभोग्य अवधि गुज्रेका तथा वास्तविक मूल्यलाई मेटेर बढी मूल्य सहित रिलेबलिङ् गरिएको पाइएको छ । यस्तै गरी कम्पनीले बजारमा रङ्गहरु पठाउने गरेको विभाग जनाएको छ ।
वि.सं.२०७९ कात्तिक १८ शुक्रवार १९:५४

















