राष्ट्रिय युवा संघका नेताले गरे निजगढका खेलाडीहरुलाई जर्सी सहयोग
वि.सं.२०८० भदौ ५ मंगलवार ०९:४३
न्यू जन जागृती युवा क्लबका खेलाडीलाई जर्सी हस्तान्तरण गर्दै राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य इराज कोइराला ।
बारा–बाराको निजगढका दुई वटा फुटवल क्लबका खेलाडीहरुलाई राष्ट्रिय युवा संघ नेपालको विभिन्न कमिटीमा आवद्ध निजगढका युवाहरुले सहयोग गरेका छन् ।
केन्द्रीय सदस्य इराज कोइराला, प्रदेश कमिटी सदस्य सुदीप तिमल्सिनाले निजगढ–५ स्थित सहिद स्मृति खेलमैदानमा न्यू जन जागृती युवा क्लबका खेलाडीलाई जर्सी सहयोग गरेका हुन् ।
जर्सी अध्यक्षका अध्यक्ष साजन ढुंगानाको रोहबरमा खेलाडीहरुलाई एक÷एक सेट जर्सी हस्तान्तरण गरिएको हो । कार्यक्रममा क्लबका सह–सचिव देबराज गौतम र जनजागृती सुन्दर सामुदायिक वन समुहका अध्यक्ष राजन ढुङ्गानाको उपस्थिति रहेको थियो ।

त्यस्तै केन्द्रीय सदस्य कोइराला, प्रदेश कमिटी सदस्य तिमल्सिना र जिल्ला कमिटी सदस्य प्रितम कुमार तामाङले निजगढ–८ स्थित न्यू हिमाल युवा क्लबका खेलाडीलाई पनि जर्सी सहयोग गरेका छन् ।
वि.सं.२०८० भदौ ५ मंगलवार ०९:४३
















