skip this farak Kura Pravakar

काँडाघारीमा आफैंले घाँटी रेटेर युवकले गरे आत्महत्या प्रयास

1.65K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौ । दम्पतीको बीचमा विवाद हुँदा काठमाडौंको काँडाघारीमा युवकले आफ्नो घाँटी काटेर आत्महत्या गर्ने प्रयास गरेका छन् ।

ओखलढुंगाको चम्पादेवी नगरपालिका–४ घर भई काँडाघारीस्थित ढुंगेधारामा बस्ने २८ वर्षीय गणेश कार्कीले चक्कुले घाँटी काट्ने प्रयास गरेका हुन् ।

पत्नीले उनलाई ट्रमा सेन्टरमा उपचार गराइरहेकी छिन् । पति पत्नीको बीचको मनमुटाव धेरै पटक प्रहरीसम्म पुगेको थियो । प्रहरीले उनीहरुलाई पटक–पटक सम्झाउने गरेको थियो ।

३ दिनदेखि घर नगएका गणेशले आइतबार राति आफू बस्ने १ तले टहरोमा आत्महत्या प्रयास गरेका हुन् । घटनाबारे प्रहरी प्रभाग काँडाघारीले अनुसन्धान गरिरहेको छ ।

nijgadh-supermart-adz1200-630