skip this farak Kura Pravakar

केरा बिमा गर्न चाहने किसानले ५ दिनभित्र निवेदन दिन निजगढ नगरपालिकाको आग्रह

1.21K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-निजगढ नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत ५०% अनुदानमा केरा खेतीको बिमा गर्न चाहने किसानलाई ५ दिनभित्र निवेदन दिन सूचना प्रकाशन गरेको छ।

नगरपालिकाको कृषिशाखाबाट जारी सूचनामा उल्लेख गरिएअनुसार, बिमा नगरी केरा खेती गरेका किसानलाई स्प्रेयर ट्याङ्की वितरण गर्न नसकिने जनाइएको छ। सूचना प्रकाशित मितिबाट ५ दिन (अर्थात २०८२/०२/३० गते सम्म) भित्रमा सबै आवश्यक कागजातसहित निवेदन दिन आग्रह गरिएको छ।

निवेदन दिनुपर्ने कागजातहरू:

१. माग निवेदन
२. सम्बन्धित कृषक/इच्छुकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३. आ.व. २०८१/०८२ को बिमा बिना लेख र रसिदको प्रतिलिपि

महत्त्वपूर्ण जानकारी:

० कठा देखि ५ विघासम्म केरा खेती गर्ने किसानले – १ वटा ट्याङ्कीको दरले

५ विघा भन्दा बढी केरा खेती गर्ने किसानले – २ वटा ट्याङ्कीको दरले

निमित्त प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद देवकोटाले सूचना प्रकाशित गर्दै तोकिएको समयमा आवेदन नदिएमा सुविधा प्राप्त गर्न नसकिने जनाए ।

nijgadh-supermart-adz1200-630