skip this

बारा १ (क) प्रदेश सभा : ८५६ मतले एमाले उम्मेदवार चाैधरीकाे अग्रता

1.36K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-बारा क्षेत्र नं. १ (क) प्रदेश सभातर्फ २९ हजार ६ सय ९० मतगणनामा भएको छ

मतपरिणाम अनुसार एमाले उम्मेदवार त्रिलाेकी चाैधरीले ८ सय ५६ मतले अग्रता लिएका छन् । उनले ११ हजार २ सय ६५ मत ल्याएका छन् ।

कांग्रेसका रमेशप्रसाद दंगालले १० हजार ४ सय ९ मतसहित चाैधरीलाइ पछयाइ रहेका छन् ।

तेस्रो स्थानमा राप्रपाका लक्ष्मी साह कलवार छन् । उनले २ हजार ४ सय ६७ मत ल्याएका छन् ।

स्वतन्त्र उम्मेदवार शिवनारायण चाैधरी (ट्रफि) १ हजार ३ सय ९४ मतसहित चाैथाे स्थानमा छन् ।

नागरिक उन्मुक्ति पार्टीबाट राधा चाैधरी ७ सय ८४ मतसहित पाँचौ र स्वतन्त्र उम्मेदवार एकबहादुर श्रेष्ठ (जेब्रा) ले ९ सय ३८ मत प्राप्त गरेकाे छ ।

त्यस्तै हाम्रो नेपाली पार्टी (लाैराे) का भेषबहादुर ढकालले ७ सय २२ मत ल्याएका छन् ।

nijgadh-supermart-adz1200-630