बारामा पति र भाउजुले गरे २५ वर्षिया युवतीको हत्या !
पक्राउ गरि ७ दिनकाे म्याद थप गरि अनुसन्धान सुरु
वि.सं.२०७९ भदौ १८ शनिवार १९:०१
3.46K
shares

बारा-बारामा आफ्नै श्रीमती हत्या गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । २५ वर्षीया सहनाज खातुनको हत्या गरेको अभियोगमा महागढीमाई नगरपालिका-३ गंजभवानीपुर बस्ने २७ वर्षीय सैमोदिन अंसारीलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

सहनाजको आफ्नै घरमा बिहीबार शंकास्पद मृत्यु भएको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले घटनाको थप अनुसन्धान गर्ने क्रममा सैमोदिनले श्रीमतीको हत्या गरेको खुल्न आएपश्चात उनलाई पक्राउ गरेको हो ।
साथै सोही घटनामा संलग्न उनकै भाउजु अप्सना खातुन समेतलाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरु उपर कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत बाराबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।
वि.सं.२०७९ भदौ १८ शनिवार १९:०१

















