skip this

नेपालमा थपिए दुई सय कोरोना संक्रमित

1.37K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाण्डौँ- पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका दुई सय जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३५ सय ३७ जनाको परीक्षण गर्दा दुई सय जनामा संक्रमण पुष्टि भएको हो ।

१३ सय ८१ जनाको पीसीआर गर्दा ९२ जनामा तथा २१ सय ५६ जनाको एन्टीजेन परीक्षण गर्दा १ सय ८ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा ३ सय ३९ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा २ लाख ९७ हजार १ सय १५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । दुई संक्रमितको निधन भएको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या २ हजार ६ सय ४२ रहेको छ ।

nijgadh-supermart-adz1200-630