बारागढी गाउँपालिकाकाे हिउँदे गाउँ सभा सम्पन्न
वि.सं.२०८२ चैत २४ मंगलवार ११:५१

बारा-बाराकाे बारागढी गाउँपालिकाको आर्थिक बर्ष २०८२/०८३ हिउँदे गाउँ सभा सम्पन्न भएको छ ।
मंगलबारका दिन गाउँपालिकाकाे सभाहलमा गाउँपालिका अध्यक्ष अशाेक जयसवाल तथा उपाध्यक्ष लक्ष्मी देवी रायले संयुक्त रुपमा सभाकाे उद्घाटन गर्नु भएको थियो ।
सम्पन्न सभाले चालु आर्थिक वर्ष २०८२/०८३काे नीति तथा कार्यक्रमको समीक्षा गर्दै आवश्यक बजेट संशोधन गर्ने निर्णय गरेको हो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मुकेश कुमार मिश्रले स्वागत मन्तव्य व्यक्त गर्दै आगामी आर्थिक र्षमा प्रशासनिक कार्यदेखि विकास निर्माणका गतिविधिसम्म प्रभावकारी रूपमा अघि बढाउने विश्वास व्यक्त गरेका हुन ।
सभालाई सम्बोधन गर्दै अध्यक्ष जयसवालले आफ्नो चार वर्षे कार्यकालमा पालिकावासीका अपेक्षाअनुसार अधिकांश योजनाहरू सफलतापूर्वक कार्यान्वयन गरिएको दाबी गरेका छन । उनले बारा जिल्लाका १६ वटा पालिकामध्ये विकास निर्माण र सेवा प्रवाहका दृष्टिले बारागढी गाउँपालिका अग्रस्थानमा रहेको उल्लेख गरेका हुन ।
सभामा प्रस्तुत प्रगति प्रतिवेदनमाथि छलफल गर्दै विभिन्न योजनाहरूको कार्यान्वयन अवस्थाको मूल्याङ्कन गरिएको थियो । साथै, शिक्षा, स्वास्थ्य, कृषि तथा पूर्वाधार विकासका कार्यक्रमलाई प्राथमिकतामा राख्दै आगामी कार्ययोजना तय गरिएको गाउँपालिकाले जनाएको छ ।
उनले बारा जिल्लाका १६ वटा पालिकामध्ये विकास निर्माण र सेवा प्रवाहका दृष्टिले बारागढी गाउँपालिका अग्रस्थानमा रहेको उल्लेख गरेका हुन ।
अध्यक्ष जयसवालले आगामी आर्थिक वर्षमा नयाँ योजना ल्याउने भन्दा पनि पुराना तथा अधुरा योजनाहरूलाई प्राथमिकतामा राखी सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन । गाउँ सभाबाट आगामी योजनाहरूको प्रभावकारी कार्यान्वयन र सेवा प्रवाहलाई अझ सुदृढ बनाउने अपेक्षा गरेकाे देखिन्छ ।
कार्यक्रममा पालिकाको सम्पूर्ण शाखा प्रमुख, वडा नं. १ देखी ६ सम्मका वडा अध्यक्षहरु, वडा सदस्यहरु, गाउँ सभा सदस्य, जनप्रतिनिधि, कर्मचारी, सशस्त्र प्रहरी, जनपद प्रहरी , लगाएत सञ्चारकर्मीहरुकाे समेत सहभागीता रहेका थियो ।
वि.सं.२०८२ चैत २४ मंगलवार ११:५१
















