skip this

प्रचण्ड र नेम्वाङबीच भेटर्वाता, वामपन्थी दलहरु एकै ठाउँमा आउनुपर्छ –सुवासचन्द्र नेम्वाङ

786 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। आज नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’र नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङबीच भेटर्वाता भएको छ । उक्त भेटमा नयाँ सत्ता समीकरण, सरकार गठन र समसामयिक राजनीतिको विषयमा छलफल भएको छ। आजबिहान खुमलटार पुगेर एमाले उपाध्यक्ष नेम्वाङले प्रचण्डलाई प्रधानमन्त्री बन्‍न औपचारिक रुपमा प्रस्ताव गरेका हुन्।

उपाध्यक्ष नेम्वाङले वामपन्थी दलहरुबीच एकै ठाउँमा आउनुपर्नेमा जोड दिएका छन्। उनले प्रचण्डसमक्ष सत्तारुढ गठबन्धन टुटाएर एमाले–माओवादीको सरकार बनाउनुपर्ने धारणा राखेका छन्।

‘गठबन्धन छोडेर एमालेसँग सहकार्य गर्न माओवादी केन्द्र तयार हु नेम्वाङबीच सुझाव दिएका छन् । प्रचण्डलाई प्रधानमन्त्री मान्न एमाले तयार रहेको जिकिर गरेका छन् । नेम्वाङले प्रचण्डलाई नयाँ सत्ता समीकरण र सरकारमा अहिले एकीकृत समाजवादीलाई नल्याउने प्रस्ताव गरेका छन्। नेम्वाङले प्रचण्डसँग भने ‘अहिले नेकपा एकीकृत समाजवादीलाई नयाँ सरकारमा ल्याउन एमाले तयार छैन। एसबिनाको गठबन्धन बनाऔं।’

राष्ट्रपति विद्यादेवी भण्डारीले पौष १० गतेभित्र नयाँ सरकार गठनको आह्वान गरेसँगै एमालेले शीर्ष नेताहरुसँग छलफल बढाएको हो। यस अगाडि माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट गरेका थिए। ओली–गुरुङबीचको भेटमा सरकार गठन प्रक्रियामा देखिएका भूराजनीतिक छाया र तीनका सम्भावित परिणामका बारेमा समेत खुलेर छलफल भएको स्रोतले जनाएको छ।

nijgadh-supermart-adz1200-630