skip this farak Kura Pravakar

एमाले निजगढ अधिवेशन : अध्यक्ष पदका तीन जना उम्मेदवारले लिए उम्मेदवारी फिर्ता

2.34K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा (निजगढ)–नेकपा एमालेको नयाँ नेतृत्वको लागि अध्यक्ष पदमा उम्मेदवारी दिएका तीन जनाले मनोनयन फिर्ता लिएका छन् ।

छ जनाको उम्मेदवारी परेकोमा दिलबहादुर लामा, भोलाप्रसाद गौतम, रामकृष्ण घिमिरेले उम्मेदवारी फिर्ता लिएको प्रमुख निर्वाचन अधिकृत गोकुल घोरसाईले फरक नेपाललाई जानकारी दिए ।

अध्यक्ष पदमा लामा, गौतम र घिमिरेसहित जयराम कुमार, तिलक घलान, माधवप्रसाद न्यौपानेले उम्मेदवारी दर्ता गराएका थिए ।

त्यसैगरी उपाध्यक्ष पदमा दुई जनाको उम्मेदवारी दर्ता भएको छ । जसमा जितबहादुर तामाङ र सम्झना थापा लामिछाने रहेका छन् ।

त्यसैगरी सचिव पदमा दुुई जनाको उम्मेदवारी परेको छ । जसमा थानेश्वर सापकोटा अविरल र प्रेमबहादुर कार्कीले मनोनयन दर्ता गराएका हुन् ।

त्यसैगरी उपमहासचिव पदमा भने छ जनाको उम्मेदवारी परेको छ । दीपक कुमार श्रेष्ठ, पुरुषोत्तम भट्टराई, हरि बर्तौला, इराज कोइराला, विजय तिमल्सिना सुरेश शर्माले मनोनयन दर्ता गराएका छन् ।

त्यसैगरी महिला उपसचिवमा भने दुई जनाको उम्मेदवारी परेको छ । जगतकुमारी न्यौपाने जानुका र भगवती घिमिरेले उपमहासचिव पदमा मनोनयन दर्ता गराएका हुन् ।

पदाधिकारीबाहेकका पदमा सर्वसम्मत हुने भएको छ । आवश्यक संख्या बराबरनै उम्मेदवारी परेकाले सर्वसम्मत हुने भएको हो ।

त्यसैगरी खुल्ला सदस्य पदमा २३ जना पदमा २३ जनाको उम्मेदवारी परेको छ । खुल्ला सदस्य पदमा भरतबहादुर खड्का, पदम बहादुर भुजेल, गोकुल प्रसाद तिमल्सिना, विष्णुप्रसाद तिमल्सिना, कैलाशकुमार धामी, , बिन्दाप्रसाद चौलागाई, मनोज कुमार सापकोटा, प्रकाश सापकोटा, अन्जु सापकोटा, केदार प्रसाद गौतम, दलबहादुर वाइबा, टेकबहादुर लामा, रामकुमार सिन्जाली, हिरालक्ष्मी लामा, डाप्रसाद चौलागाईं, मिरा कुँवर गोरखबहादुर खड्का, राजन श्रेष्ठ, सन्त बहादुर वाइवा, सुरेशराम गुरुङ वीरसिंह र बुद्धिलाल स्याङताङको उम्मेदवारी परेको हो ।

त्यसैगरी महिला सदस्य पदमा भने १३ जनामा १३ जनाको मनोनयन परेको छ । जसमा हिरामाया लामा, नारायणीदेवी सापकोटा, चित्रकुमारी गौतम, आशा श्रेष्ठ, निर्मला आचार्य, हरिमैया उपाध्याय, शारदा फकामी, रमा केसी खत्री, रिमा कुमारी बिक, माइली माया गोले, सीता ढकालको मनोनयन परेको छ ।

त्यसैगरी युवा सदस्य पदमा भने १० जनामा १० जनाको मनोनयन परेको छ । जसमा तिलबहादुर थापा अक्कलबहादुर लामा, चन्दनकुमार चौधरी, पवन चौलागाई, घनश्याम तिमल्सिना केशवप्रसाद तिमल्सिना, सुदीप तिमल्सिना, सुमित्रा श्रेष्ठ, मङ्गलबहादुर रुम्बा, राकेश लामा थिङको उम्मेदवारी परेको हो ।

त्यसैगरी समावेशी सदस्य (दलित) पदमा तीन जनामा तीनैजनाको परेको छ । जसमा सन्तबहादुर सुनार, भीम बहादुर नेपाली, चनीमाया बिकको उम्मेदवारी परेको हो ।

त्यसैगरी समावेशी क्षेत्र अपाङ्ग पदमा भने मनोनयन दर्ता एक जनाकोमा एकै जनाको परेको छ । रामकुमार फुयालले उम्मेदवारी दर्ता गराएका हुन् ।

nijgadh-supermart-adz1200-630