महिनावारी अवधि
वि.सं.२०७८ माघ ११ मंगलवार १३:४९

कस्तो अचम्म छ है। कस्तो सेरिंग भयो।
तिमी हामी दिदी बहिनी आमा छोरी सवैको एउटै बेथा।
अवधि/period
तिमी मेरो हाम्रो सवैको वरदान पनि त हो।
शरीरको दुखाइ सँगै मनको खुसी पनि मिसिएको हुन्छ यहाँ। तिम्रो अस्तित्त्वको पहिचान हो यो शब्द। महिनावारी भन्नाले महिलामा हुने मासिक प्राकृतिक परिवर्तन हो । यो चक्र महिला शारीरिक रूपमा परिपक्व भएको जानकारी दिने एक प्राकृतिक सङ्केत हो । महिनावारी हुनु लाई नछुने हुनु, पर सर्नु वा रजस्वला हुनु भनेर पनि चिनिन्छ ।
सामान्यतः १२-१५ वर्षकी किशोरीहरुलाई पहिलो पटक रक्तस्राव हुन्छ। यो ५०-५५ मा रोकिने प्रक्रिया हो। वरदान हो। हरेक सम्बन्धको सृर्जना गर्ने साधन हो। आमादेखि छोरी र छोरीदेखि नातिनीसम्मको क्रमलाई बढाउने साधन हो। रजस्वला। महिनामा ४ दिन हुने यो प्रकृतिको खेलमा कसैलाई ७ दिन र कसैलाई ३ दिन दुःख दिन्छ। ढाड पेट दुख्छ यति हैन शरीर सवै दुखेर छाेरी भएर जन्मिनु नपरोस् सोच्ने गर्छन्। मेरै दिदी बैनहरु। महिनामा ८० ML सम्म रगत बगाउँछन् उनीहरू । यस्तो दुःख सहेरनिह अझै हाँस्दै हिँड्छन् ।

उहाँहरुलाई सलाम छ । रजस्वला भन्ने बित्तिकै नेपाली समाजमा पर सर्ने र बाहिर सर्न कुरा आउँछन्। अवधि/period सँगै जोडिएको शब्द Pad kitchen नछु जस्ता शब्द त निकै चलेका हुन। धनी गरीब नवनी राम्री नराम्री नभन्ने यसले निकै दुःख दिन्छ। ४ दिनमा प्रशस्त खानेकुरा खानु पर्ने ठाउँमा भान्सासम्म जान पाउँदैनन् यिनीहरू।
साधारण त यो हरेक महिना हुने गर्छ । पाठेघर सङै जोडिएर रहेका २ अण्डासयले हरेक महिनामा पालो पालो अण्ड उत्पादन गर्छ । अण्ड उत्पादन पछि पाठेघरमा बच्चालाई चाहिने बाताबरण बन्न थाल्छ । कमसल झिल्ली र रगत मिलेर तह बस्न थाल्छ। सहि समयमा यो अण्ड पुरुषको सुक्रकिट सङ मेल हुन नपाएपछि उत्पादन भएको अण्ड तथा पाठेघरको रगत योनिमार्ग हुँदै योनि बाहिरिन्छ जसलाई महिनावारी वा रजस्वला भनिन्छ। यश बेला महिलामा दिकदारि, तनाव निर्बल हुने जस्ता लक्षण देखिन्छ।
नेपाली हो आखिर विद्यालयमा छोरी फोहोरी हैन सफा भएका हुन्छन् भनेर पढेको बेलका आउँदा आमाले दिएको खानेकुरा खाएर रजस्वला भएका दिदीबैनीले दिएको पानी खाँदैनन् यहाँ। सम्पूर्ण देशमा फ्रि प्याड बेच्दा नेपालमा एउटा प्याडलाई १२० सम्म पर्छ जसले एउटा अवधि/period रहँदैन। कठै मेरा दिदी बैनीहरु पहिलो चोटी रजस्वला हुँदा सिकाउने ठाउँमा फलतै कोठामा राखेर भाई नहेर है भन्दै छौ गोठमा पुर्याई दिन्छन्। आमाको दुध चुसेर हुर्केकाले आमालाई हुँदा हजुर नचुनुस भन्छन् ।
अझै नेपाली समाजमा महिनावारीलाई नछुने भएको भनिन्छ । यस बेला आफुभन्दा ठुला (सम्वन्धमा) सबैलाई र साना भएपनि उपनयन गरिसकेको केटा मान्छेलाइ छुन, खान दिन नहुने भनिन्छ। अझ कुनै कुनै ठाउमा बेग्लै झुपडिमा राखिन्छ । त्यहि भित्रमात्र बस्न लगाईन्छ। चेतनाको कमी हुँदा नेपालका कैयौँ किशोरी हरूले महिनावरीको समयमा अकालमा ज्यान गुमाउनु पर्ने वाध्यता छ । हे बरै यस्तै दुःख भोगेर हिँड्दै जाँदा २०६ ओटै हड्डी बाँचेर परिवारमा नयाँ खुसी दिन्छन् । यसकै कारण खुसीको स्रोत हुन्छ यो । तर जब यो खुसी पुरानो हुन्छ NIH भए लगत्तै त्यहीँ आपत त्यही दुःख त्यहीँ आलोचना । पर सरेकी छे भन्ने शब्द आउँछ ।
आमा दिदी बहिनी संसारमा ज्योति दिनेलाई नै चार दिन तिरस्कार गरिन्छ यहाँ यो वरदान भन्दा सरपको बिडो थमैदिन्दा पनि हाँसी हाँसी बाध्यताले बाँचेका छन्। यो एउटा आफैमा पीडा दायक स्थिति हो । यति गाह्राे पर्छ कि हामीले हाम्रो जीवन नै हामीले कल्पना गर्न सक्दैनौं ।
महिनावारीको चरण
पहिलो चरण (Follicular Phase)
यश चरणमा FSH को प्रभावले डिम्ब परिपक्व हुन्छ। सुरुमा प्रोजेस्टेरोन तथा इस्ट्रोजनको मात्रा कम हुने पाठेघरको भित्री तह तुहिन्छ र ३-६ दिनसम्म महिनावारीको रगत बग्छ। महत्त्व निकै भए पनि वास्तवमा सामान्यतः ६० देखि ९० मिली मात्र रगत बग्छ। यो चरणको मध्य भागतिर इस्ट्रोजनको मात्रा बढ्छ, जसले FSH सँग मिलेर डिम्ब निस्कासनका लागि तयारी गर्छ। इस्ट्रोजनका कारण पाठेघरको भित्री भाग बाक्लिन थाल्छ।
दोस्रो चरण (डिम्ब निष्कासन)
यस चरणमा डिम्बाशयबाट डिम्बको निष्कासन हुन्छ। यसो हुन इस्ट्रोजनको मात्रा बढ्छ र hypothalamus लाई LH अत्यधिक मात्रामा निकाल्न मद्दत गर्छ।
तेश्रो चरण (Luteal phase)
यस चरणले डिम्ब निष्कासन भएदेखि अर्को महिनावारी सुरु नभएसम्मको समयलाई बुझाउँछ। डिम्बाशयवाट डिम्ब निस्किएको ठाउँ (corpus luteum) ले प्रशस्त मात्रामा प्रोजेस्टेरोन र इस्ट्रोजन निकाल्छ र त्यसको प्रभावले पाठेघरको भित्री तह निषेचित डिम्बलाई ग्रहण गर्न अझै बाक्लो बनाई उपयुक्त बनाउँछ। यदि डिम्ब निषेचित भएन भने प्रोजेस्टेरोन र इस्ट्रोजनको मात्रा एक्कासि र्झछ, जसको असरले पाठेघरको भित्री तह फेरि तुहिन थाल्छ र अर्को महिनावारी सुरु हुन्छ।
यो अवस्थामा निकै धेरै पोषिलो खाने कुराको आबस्यक पर्छ यस्तो अवस्थामा हामीले विभिन्न किसिमका फलफूल खाँदा राम्रो हुन्छ जस्तै कि तल बुँदामा दिएको छ ।
#सिट्रस ( critus) : citric acid भएको खाने कुरा जस्तै कागती , सुन्तलाहरुले गर्दा एकदमै राम्रो असर पुर्याउँछ । यस्तो एसिडले हाम्रो बडीलाई hydrated राख्ने गर्छ। अमिलो खानु हुन्न भन्ने अन्धविश्वास होइन तर हेरेर खाँदा उत्कृष्ट हुन्छ।
#फलफूल : पानी धेरै भएको खानेकुरा जस्तै Watermelon/खरबुजा,काक्रा खानाले यो अवस्थामा एकदम सहयोग गर्छ र पेट दुख्न बाट बचाउँछ।
#ओमेगा ३ : ओमेगा ३ भएको खानेकुरा जस्तै आलस,बदाम , जस्तो कुराहरू खाएमा राम्रो असर गर्छ।
#मासु : ओमेगा ३ भएको मासु जस्तै माछाको , ब्वाइलरको मासु खानु राम्रो हुन्छ, यति नभएर अण्डा खानु पर्ने हुन्छ।
# सागपात : सागपात जस्तै हरिया सागपात साग हरु जस्ता हरियो पात भएका सागपात प्रस्तत मात्रामा खानु पर्छ अनि यति नभएर अदुवाको झोल बनाएर खाँदा एकदमै न्यानो महसुस हुन्छ । बेसार खाँदा राम्रो र घेउकुमारी खाँदा पूर्ण रूपमा पेट दुखाइ निको हुन्छ ।
# डार्क chocolate
#दाल : दालहरुमा आइरन पाइने भएको कारणले आइरन को कमी बाट बचाउँछ। यति चीज खाँदा राम्रो हुने र यति मात्र नभएर केही चीज नखाने पनि छन् ।
जस्तै :
# नुन: नुनको मात्रा धेरै भएमा महिनावारी भएको समयमा निकै गाह्रो पर्छ। सोडियम भएको खानेकुराहरु नखाएको राम्रो हुन्छ।
# चीनी : चीनी आफैमा मन्द विष हो । यसलाई यस्तो समयमा धेरै प्रयोग नगरेको राम्रो। यसको सेवनले धेरै डरआउने हुन्छ । मूड स्विङ जस्ता कार्य यही चिनिले गर्छ।
# कफी : कफीमा क्याफिन जस्तो वस्तु हुन्छ र यसको सेवनले झाडापखाला र टाउको दुखाउने काम गर्छ यस्तो भएमा कफी खाना बन्द गर्नु पर्छ।
# मदिरा : विशेषतया यो मदिरा कसैले खानु हुँदैन । खाने बानी छ भने नखाएको राम्रो हो। यसले सवै तिर असर गर्छ। यसको सेवनले टाउको दुखाउने, छड्ने, आलस्य हुने हुन्छ।
#रातो मासु : रातो मासु खानु हुदैन। आइरनको मात्र धेर भएर पनि यसले पाठेघरमा नराम्रो असर पर्ने गर्छ ,धेरै झनेको कुरा हरु पनि खानु हुँदैन।
महिनावारीको बेलामा एकदमै पेट दुख्ने गर्दछ । पेटको ढाडको दुखाइ काम गर्नको लागि तल दिएको विधि अपनाउँदा हुन्छ:

– कसरत गर्ने
– हट बग वा तातो पानीले दुखेको भाग सेक्ने
– दबाइ जस्तै इबुप्रोफेन खाने
– पेट र कम्मरको मसाज गर्न
कस्तो अवस्थामा डाक्टरको सल्लाह लिने
१. अत्यधिक मात्रामा रगत गए र रगत धेरै ७ दिन भन्दा बढी बगेमा
२. धेरै सारो आफ्नो काम काजमा असर परेमा
३. समयमा नभएमा पनि हेर्नु पर्छ ।
❤️ Menachre देखि Meopause को पीडा सम्झिँदा त वरदान नभई आविसप लाग्छ ४ दिन तर यो वरदान भन्दै मन बुझाएर बस्नु पर्छ ।
आखिर छाेरी हुँ म ।
लेखक : मेलिना आचार्य
ठेगाना : इलाम
वि.सं.२०७८ माघ ११ मंगलवार १३:४९
















