निजगढको टिभिएस शोरुममा ‘च्याम्पियन्स एक्स्चेन्ज’ मेला हुने
वि.सं.२०८० कात्तिक १८ शनिवार २०:२७

बारा–निजगढ बजारमा रहेको टिभिएस शोरुममा ‘च्याम्पियन्स एक्स्चेन्ज’ मेला हुने भएको छ ।
कार्तिक १९ गते आइतबारबाट २५ गतेसम्म मेला सञ्चालन हुने आधिकारिक बिक्रेता माँ अजिमा ट्रेडर्सका प्रोप्राइटर रबि राजभण्डारीले जानकारी दिए ।
दसैं तिहार र छठ लगायतका पर्वमा टिभिएसले ल्याएको ‘हर मोडमा उमंग’ अफर अन्तर्गतका सम्पूर्ण छुटसहित अन्य विशेष छुट र सुविधा एक्स्चेन्ज मेलामा ग्राहकले प्राप्त गर्ने राजभण्डारीले जानकारी दिए ।

पुराना जुनसुकै बाइक तथा स्कुटर एक्स्चेन्ज गरी नयाँ टिभिएस मोटरसाइकल तथा स्कुटर विशेष छुटमा खरिद गर्ने अवसर ग्राहकलाई मिल्नेछ,’ उनले भने, ‘यो अफरबाट धेरै ग्राहक लाभान्वित हुनेमा हामी विश्वस्त छौं ।’
टिभिएस खरिदमा ग्राहकले १० लाख रुपैयाँसम्म जित्ने मौका प्राप्त गर्न सक्नेछन् । योजना अन्तर्गत नकिन्दै एक लाख जित्ने मौका र खरिद गरेपछि दस लाख रुपैयाँसम्म जित्ने मौका छ । हरेक महिना १०० प्रतिशत क्यास ब्याक जित्ने अवसरका साथ एक भाग्यशाली विजेताले बम्परमा १० लाखसम्म जित्ने अवसर पनि रहेको कम्पनीले जनाएको छ ।
साथै, कम्पनीले एक्चेन्जमा रु. १० हजारसम्म थप भ्यालुएशन तथा शुन्य प्रतिशत ब्याजदर र २५ प्रतिशत डाउनपेमेन्टमा बाइक तथा स्कूटर खरिद गर्नसक्नेछन् ।
वि.सं.२०८० कात्तिक १८ शनिवार २०:२७
















