निजगढ तरकारी तथा फलफुल उत्पादक सहकारी संस्थाको साधारण सम्पन्न
वि.सं.२०८० कात्तिक १८ शनिवार १९:५६

बारा–बाराको निजगढ ९ स्थित निजगढ तरकारी तथा फलफुल उत्पादक सहकारी संस्था लिमिटेडको १६ औ बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
साधारण सभाको निजगढ नगरपालिकाका सहकारी शाखा प्रमुख अधिकृत अजय उप्रेतीले गमलामा जलसेचन गरेर उद्घाटन गरेका थिए ।

कार्यक्रममा वडा नं. ९ का कार्यवाहक वडा अध्यक्ष बबिता श्रेष्ठ प्रधान, वडा नं. १ का वडा अध्यक्ष मंगले लोप्चन, कार्यपालिका सदस्य अर्जुन डासेली, नेपाल रेडक्रस सोसाईटी उपशाखाका सभापति नारायण प्रसाद शर्मा, सप्तरेखी महिला तथा पशुपालन सहकारी संस्था लि. का अध्यक्ष सावित्री भारती, महिला समाजसेवी, शेयर सदस्य सिता खड्का, समाजसेवी, सेयर सदस्य एवं सल्लाहाकार समिति सदस्य ज्ञानेन्द्र प्रसाद चौलागाईंको उपस्थिति रहेको थियो ।
संस्थाकी अध्यक्ष बिष्णु नेपालको अध्यक्षतामा भएको कार्यक्रमको संचालक चन्द्रिका कुमारी मगरले सञ्चालन गरेकी थिईन् । संस्थागत प्रतिवेदन प्रस्तुत संस्थाका अध्यक्ष नेपालले प्रस्तुत गरेकी थिईन् ।
वि.सं.२०८० कात्तिक १८ शनिवार १९:५६
















